बारामा ६ जना विभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरि मंगलबार अदालतमा दाखिला गरेको छ ।
प्रहरी कार्वाहीको सिलसिलामा बाराको विभिन्न प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा अदालतमा सजाय पाएर लुकिछिपी बसिरहेका ६ जनालाई पक्राउ गरि अदालतमा दाखिला गरेको हो । बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएर फरार रहेका मानिसहरुलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरी आवश्यक कारवाहीको लागी अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला बारा कलैया उपपहानगरपालिका वडा नम्बर २ का रामबाबु यादव लाई चेक अनादर मुद्दामा, बारागढी गाउँपालिका ५ सिहासनीका हरिलाल चौधरी सवारी ज्यान मुद्दामा, कलैया उपमहानगरपालिका वडा नम्बर २७ बिजुलपुरका सुनिल किशोर पाण्डेलाई चेक अनादर मुद्दामा, जितपुर सिमरा उपमहानगरपालिका २० बस्डिलवाका शेख खुर्सिदलाई चोरी मुद्दामा, सुवर्ण गाउँपालिका वडा नम्बर २ का सन्तोष यादव लाई लेनदेन मुद्दामा र महागढीमाई नगरपालिका वडा नम्बर ३ बरैयाटोलका शेषनाथ प्रसाद साह तेली लाई चेक अनादर मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सन्तोष तामांगले बताउनु भएको छ । पक्राउ गरिएका ६ जनालाई नै अदालतमा दाखिला गरिएको प्रहरीले जनाएको छ ।

