Tuesday, May 26, 2026

रहस्यमय बन्दै लालु अधिकारी मृत्यु प्रकरण, के पैसाको बलमा नै यो घट्ना लुकाईएको हो ?

ताजा / भरखरै प्राप्त

रौतहटको गौरमा रहेको गौर सेन्ट्रल हस्पिटलमा गत फाल्गुन १० गते शैल्यक्रिया गर्ने क्रममा मृत्यू भएका गौर नगरपालिका ३ का २० वर्षिया लालु अधिकारीको मृत्यु प्रकरण अहिले रहस्यमय बन्दै गएको छ ।

गौर सेन्ट्रल हस्पिटलले शैल्यक्रियामा गरेको लापरवाहिले बिरामीको मृत्यु भएको स्विकार गरीसक्दा पनि यस विषयमा परीवारको मौनताले अहिले प्रश्न चिन्ह खडा गरेको छ । अधिकारीको मृत्यु पश्चात हस्पिटललाई कार्वाहीको माग गर्दै आएका परिवारका सदस्यहरुको मौनताले धेरै प्रश्नहरु उबजाएको छ ।

अहिले गौरका नागरिकहरु पनि समाजिक संजालमा यस प्रश्नको उत्तर खोजिरहेका छन् ।

के एउटा यूवाको ज्यानको सम्झौता पैसा सित भएको हो ?

के हस्पिटलले मोटो रकम दिएर परिवारलाई प्रलोभनमा पारेको हो ?

के पैसाको बलमा नै यो घट्ना लुकाईएको हो ?

यति मात्र हैन रौतहटका पत्रकारहरु पनि किन यो घट्नाको बारेमा लेख्न छाडेका छन् ?

किन अवैध रुपमा रहेको गौर सेन्ट्रल हस्पिटललाई कार्वाही भएन ?

सामान्यतया सानो सानो घट्नाको पनि अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय रौतहट किन यो घट्नाको अनुसन्धान गर्न जरुरी ठानेन ?

यस्ता यावत प्रश्नको जवाफ अहिले रौतहटबासि खोजिरहेका छन् ।

spot_img

लोकप्रिय

Related Articles