Tuesday, May 26, 2026

गढीमाई मन्दिरमा विशेष पूजाको लागि शुल्क तिर्नुपर्ने, तिरेको रकम मन्दिरको विकासमा खर्च हुने: नगरप्रमुख यादव

ताजा / भरखरै प्राप्त

गढीमाई मन्दिरको व्यवस्थापन तथा विकासको लागी विशेष पूजाको शुल्क ५ सय तोकिएको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले बताउनु भएको छ । मेलाको समयमा भिआईपी दर्शको लागी ५ सय शुल्क राखिएपनि अहिले विशेष पूजा गर्न चाहने श्रद्धालु भक्तजनहरुले रसिद काटेर सहयोग गर्न सकिने बताउनु भएको हो ।
गढीमाई मन्दिरमा दर्शन गर्नका लागी शुल्क राखिएको विवाद समाजिक सञ्जालमा उत्पन्न भएपछि नगर प्रमुख यादवले पीएसआर खबर संग कुरा गर्दै शुल्क बारे स्पष्ट पारेका छन् । नगर प्रमुख यादवले मन्दिरको व्यवस्थापन तथा सञ्चालनको लागी कुनैपनि किसीमको बजेटको व्यवस्था नभएको कारण मन्दिरबाट हुने आम्दानीलाई नै व्यवस्थित बनाउँदै मन्दिरको व्यवस्थापनमा आफु लागिपरेको बताउनु भएको छ ।

नगर प्रमुख यादवले पहिला मन्दिरमा हुने भेटी, दान दक्षिाणाको आम्दानी सार्वजनीक र पारदर्शी नभएको कारण अहिले व्यवस्थित गर्न लागिपरेको बताए । मन्दिरको सञ्चालनका लागि कार्यविधि बनाएर पूजारी र अन्य कर्मचारीहरु नियूक्त गरीएकाले उनीहरुलाई तलब भत्ता दिनका लागि र मन्दिरको चौतर्फि बिकासका लागि विशेष पूजाका लागी ५ सयको रसीद अनिवार्य गरीएको नगर प्रमुख यादवले बताउनु भएको छ ।

विशेष पूजालाई व्यवस्थित गरीने
नगर प्रमुख यादवले ५ सयको रसीद काटेर विशेष पूजा गर्न चाहने भक्तजनको चाहनालाई ध्यानमा राख्दै विशेष पूजालाई व्यवस्थित गर्न आफु लागिपरेको बताउनु भएको छ । विभिन्न ठाउँको मन्दिरहरुमा पनि विशेष पूजाको लागी शुल्क निर्धारण गरीएको भन्दै नगरप्रमुख यादवले गढीमाई मन्दिरमा पनि विशेष पूजाको लागी शुल्क निर्धारण गरीएको बताउनु भएको छ । अबदेखि विशेष पूजा बढीमा ३ मिनेट सम्म हुनेगरी कार्ययोजना बनाउन आफु लागिपरेको बताउनु भएको छ ।

spot_img

लोकप्रिय

Related Articles