Tuesday, May 26, 2026

बाख्राको मासु बेच्नेलाई छाड्न नमान्दा बाराका सिडियो विरुद्ध खनिए सांसद श्रेष्ठ

ताजा / भरखरै प्राप्त

होली पर्वको अवसरमा बजार अनुगमनलाई तिब्रता दिएका बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको टोलीले जीतपुर बजार क्षेत्रबाट बाख्रालाई खसी बनाएर बेच्नेलाई पक्राउ गर्याे ।

पक्राउ परेका व्यक्तिलाई छाड्न बारा क्षेत्र नम्बर ४ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले प्रजिअ अधिकारीलाई दबाब दिए । उनको तर्क थियो–रोजा चलिरहेकाले अहिले छाड्नु पर्याे ।

जनस्वास्थ्यमाथि खेलवाड गरेका व्यक्तिलाई पक्राउ गरेकोमा धन्यवाद दिनुको साटो सांसद श्रेष्ठले छाड्न दबाब दिए । तर, प्रजिअ अधिकारीले उनीहरुलाई छाड्न मानेनन् ।

त्यसको केहिदिनमा जीतपुर बजार क्षेत्रमै त्यहाँका वडा अध्यक्ष सुनिल गुप्ताको समुहले पशुराम गिरीको घरमा आक्रमण गरेपछि गिरीले बन्दुक पड्काएको घटना सार्वजनिक भयो ।

सांसद श्रेष्ठले यो घटनालाई सांसदमा आवाज उठाए । उनले घटनापछि प्रजिअ अधिकारीको भूमिकाको विषयमाथि प्रश्न उठाए । घटनाबारे दुवै पक्षविच छलफल गरेको भन्दै त्यसलाई उनले पञ्चायत शैलीमा प्रजिअ अधिकारीले जिल्ला चलाएको टिप्पणी गरे ।

उनी यतिमै राकिएनन्, संसद भवनमा बोलेको भोलिपल्ट जीतपुर पुगेर प्रजिअ अधिकारीलाई भ्रष्टचारी भन्दै आरोपित गरे । तालिमको क्रममा जिल्ला बाहिर रहेका प्रजिअ अधिकारीलाई जिल्ला प्रवेश गर्ने दृष्टता नगर्न चेतावनी दिएका छन् ।

सदनदेखि सडकसम्म आक्रमक रुपमा प्रस्तुत भईरहेका सांसद श्रेष्ठ प्रजिअ अधिकारीको सरुवा गराउन शक्तिकेन्द्र समेत धाएको स्रोतले जनाएको छ ।

उनी निकटका सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रजिअ अधिकारीको सरुवा भएको सूचना समेत प्रवाह गरिहरेका छन् । तर गृह मन्त्रालयको आधिकारिक साईटमा भने सरुवाबारे कुनै सूचना प्रकाशित भएको छैन ।

यसैविच नेकपा एमाले बाराका सचिव अमृत बजागाईले सांसद श्रेष्ठप्रति इंकित गर्दै यस्ता सांसदलाई के भन्ने र भनेर टिप्पणी गरेका छन् । यो समाचार फरक नेपाल अनलाईन बाट साभार गरीएको छ ।

spot_img

लोकप्रिय

Related Articles