Tuesday, May 26, 2026

रौतहटमा चक्कु प्रहारबाट २ जना घाईते

ताजा / भरखरै प्राप्त

रौतहटको बृन्दावन नगरपालिका वडा नम्बर ६ हर्षाहामा चक्कु प्रहारबाट २ जना घाईते भएका छन् । चक्कु प्रहारबाट स्थानीय ५५ वर्षीय सत्यनन्दन प्रसाद पटेल र १६ बर्षीय राजाबाबु पटेल घाईते भएका हुन् ।
सोमबार बेलुका हर्षाहा चोकमा तरकारी किनिरहेको वृद्ध सत्यनन्दन प्रसाद पटेल माथी स्थानीय युवक अरबिन्द पटेलले चक्कु प्रहार गर्दा सत्यानन्द घाईते भएका थिए । झगडा छुट्टाउन गएको अर्का युवक राजाबाबू माथी स्थानीय अभिनाश पटेलले बन्चरो प्रहार गरेर गम्भिर घाइते बनाएको स्थानीयले बताएका छन् । हजुरबुवा र नाति दुबै जनाको ज्यान लिने उदेश्यले हमला भएको परिवारजनको आरोप छ ।
घाइते दुबै जनाको बिरगंजमा उपचार भइरहेको स्थानीय युवक आनन्द पटेलले बताएका छन् ।

त्यस्तै अहिले घटनाको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

spot_img

लोकप्रिय

Related Articles