Tuesday, May 26, 2026

बारामा नेपाल तरुण दलको नेता कार्यकर्ता भेटघाट सम्पन्न

ताजा / भरखरै प्राप्त

नेपाली काङ्ग्रेस पार्टी कार्यालय बारामा आज बुधबार नेपाल तरुण दल जिल्ला कार्यसमितीको नेता कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल तरुण दल बाराको जिल्ला अध्यक्ष दिपेन्द्र पटेलको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसको सहमहामन्त्री एवं तरुण दल महाधिवेशन निर्देशन समिति संयोजक डिना उपाध्याय प्रमुख अतिथी रहनु भएको थियो ।
कार्यक्रमलाई विशेष अतिथिको रुपमा सम्बोधन गर्दै नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले नेपाल तरुण दल केन्द्रीय समितिले दलको पाँचौ महाधिवेशन गर्ने निर्णय गरिसकेको हुनाले जिल्लामा पुर्णकालिन र प्रारम्भिक सदस्यता वितरण गरेर सङ्ग सङ्गै वडा र गाउँ नगरको अधिवेशन गरि केन्द्रमा पठाउन जिल्ला कार्यसमिती बारालाई निर्देशन दिनुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा फरक प्रसङ्गमा अध्यक्ष गुरुङले गएको चुनावमा पुर्व पन्चे मेयर ,सांसद र मन्त्री हुने आकाङ्क्षा राखी निर्वाचन लडेर सय मत कटाउन नसकेको व्यक्ती राजावादीको पक्षमा सडकमा उत्रेको कुरा बताउनुभयो ।कतै राजा आए भने भोलि मेयर ,सांसद ,मन्त्री भैहालिन्छकि भनेर उनिहरुले दिवा सपना देखेको आरोप लगाए । अध्यक्ष गुरुङले भने छिमेकि राष्ट्रको मुख्यमन्त्रीको फोटो राखेर हामीलाई राष्ट्रवाद सिकाउने,के छिमेकिले व्यवस्था बदल्दिने हो ? काङ्ग्रेस जनताको पक्षमा राष्ट्रको पक्षमा भएको बताउदै यो देशको व्यवस्था ,सिमाना ,धर्म र संस्कृति यहाको नागरिकले रक्षा गर्ने कुरा बताउनुभयो ।
विशेष गरि जिल्लाको तरुणहरुलाई निर्देशन दिदै अध्यक्ष गुरुङले आम नागरिक के कुरामा असन्तुष्ट छ्न ? नेपाली काङ्ग्रेसले जनताको असन्तुष्टि चिर्न के गर्नु पर्छ भन्ने कुरा जनताको घर घरमा गएर बुझ्ने र नेपाली काङ्ग्रेसको गौरवशाली इतिहासको बारेमा बुझाउनुपर्ने कुरा बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तरुण दल महाधिवेशन निर्देशन समितिको सदस्य पार्टी केन्द्रिय सदस्य माननीय सरिता प्रसाइज्यु,पार्टी जिल्ला सभापती राजेश राय यादवज्यु ,पार्टी क्षेत्र न २ सभापती राम प्रवेश यादव ,पार्टी क्षेत्र ४ प्रदेश सभा ख को सभापती एवं पुर्व तरुण दल जिल्ला अध्यक्ष लोकेश सिंह ,तरुण दल केन्द्रीय सदस्य सरिन घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

spot_img

लोकप्रिय

Related Articles