Tuesday, May 26, 2026

बारागढी गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न

ताजा / भरखरै प्राप्त

धिरेन्द्र ठाकुर
बाराको बारागढी गाउँपालिकाको आर्थिक वर्ष २०८१।०८२ को हिउँदे गाउँसभा बिहिबार सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालको अध्यक्षतामा बिहिबार हिउदे गाउँसभा सम्पन्न भएको हो ।
गाउँसभाको अध्यक्षता ग्रहण गरेका गाउँपालिका अध्यक्ष जयसवालले गाउँपालिकाको बिकासमा सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनु भएको छ । अध्यक्ष जयसवालले आफ्नो मन्तव्यको क्रममा गाउँपालिकाको बिकास गर्न एक्लैले नसक्ने भन्दै उपाअध्यक्ष , कार्यपालिका सदस्य , वडा अध्यक्ष , वडा सदस्य लगायत कर्मचारीहरुको साथ सहयोगको आवश्यक्ता रहेको बताए ।

सबैको समन्वयमा गाउँपालिकाको बिकास हुने भएकै कारणले नै संबिधानमा पालिकाको लागि ति सबै पदको व्यवस्था गरीएको अध्यक्ष जयसवालले बताउनु भएको छ। साथै उनले बारागढी गाउँपालिकामा गाउँपालिकाको बजेटको तुलनामा धेरै नै बिकास भएको बताउनु भएको छ। अध्यक्ष जयसवालले आफ्नो कार्यकालमा सिङ्गो गाउँपालिकालाई नै एकमुष्ट धुवाँ मुक्त बनाएको दाबी गर्दै गाउँपालिका भित्र बिकास निमार्ण सँगै शिक्षा , स्वास्थ्य लगायत चौतर्फी बिकास गरीएको बताउनु भएको छ ।

मन्तव्यको क्रममा अध्यक्ष जयसवालले सबै जनप्रतिनिधिहरुलाई स्थानिय सँचालन ऐन २०७४ अध्ययन गरी आफ्नो कर्तब्य र अधिकार प्रयोग गर्न आग्रह गदै बाँकिको दुई बर्षे कार्यकालमा बारागढी गाउँपालिकालाई नमुना बनाउन सबैले लाग्नुपर्ने बताए।

त्यस्तै उक्त कार्यक्रममा गाउँपालिका उपाअध्ययक्ष लक्ष्मी देवी राय सहित वडा अध्यक्षहरु , वडा सदस्यहरु र कार्यपालिका सदस्यहरुले शुभकामना मन्तव्य राखेका थिए । गाउँपालिकाको कर्मचारीहरुको तर्फबाट लेखाअधिकृत अजय चौधरीले पनि शुभकामना मन्तव्य राख्दै जनप्रतिनिधिहरु बनाएको निति नियम कर्मचारीहरुले कार्यावन्यन गर्ने पक्षमा रहेको बताएका छन् । जनप्रतिनिधिहरु गाउँसभाबाट बनाएको निति नियमले नै कर्मचारीहरु सम्पुर्ण गाउँपालिका को कामकाज गर्ने बताएका छन् ।

spot_img

लोकप्रिय

Related Articles