Tuesday, May 26, 2026

बाराको सिम्रौनगढमा तीन दिने इतिहास समारोह

ताजा / भरखरै प्राप्त

सिम्रौनगढको इतिहास विश्वमा देखाउने उद्देश्यका साथ बाराको सिम्रौनगढमा तीन दिने इतिहास समारोहको आयोजना भएको छ ।
बिना फाउण्डेशनको आयोजनामा सिम्रौनगढको इतिहास बारे विश्वको ध्यानाकर्षण गर्नको लागि सिम्रौनगढमा आजदेखि तीनदिने इतिहास समारोह सुरु गरिएको हो । इतिहास समारोहको आज शुक्रबार मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले उद्धघाट्न गर्नुभएको छ । उद्धघाट्न समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले सिम्रौनगढलाई पर्यट्न हब बनाउन प्रदेश सरकार लागिपरेको बताउनु भएको छ ।
तीनदिने इतिहास समारोहमा २२ किलोमिटर सम्म फैलिएको तत्कालिन सिम्रौनगढ राज्य र त्यसको अवशेषहरु माथि विशेष बहस हुने आयोजकले जनाएको छ । त्यस्तै यहाँका भग्नावशेषहरुको संरक्षण र आन्तरीक तथा बाह्य पर्यट्न भित्र्याउन गुरु योजना बनाइ प्रचार प्रसार गरीने आयोजक संस्थाका अध्यक्ष ममता शर्माले बताउनु भएको छ ।
तीनदिन सम्म चल्ने यो इतिहास समारोहमा नेपाल तथा भारतका विभिन्न इतिहासकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

spot_img

लोकप्रिय

Related Articles