रौतहटको विभिन्न नाकाबाट हुण्डीको कारोबार गरीरहेका भारत बैरगनियाका दिलिप जयसवाल समूहले काठमाण्डौमा पनि हुण्डीको कारोबार गरिरहेको पाईएको छ । यो संगै गौरको विभिन्न नाकाबाट हुण्डीको कारोबार गरिरहेका दिलिप समूहका पार्टनर कौशल जयसवालको कनेक्शन काठमाण्डौमा देखिएको हो ।
काठमाण्डौको हनुमान ढोका माखन गल्लीमा कावेरी सारी कलेक्शन चलाएर बसेका भारतको घोडासहन बिहारका मुन्ना कुमार दिलिप समूहको काठमाण्डौको कारोबारको मुख्य पार्टनर रहेको समाचार स्रोतले जनाएको छ ।
काठमाण्डौ हनुमान ढोकाको माखन गल्लीमा पसल संचालन गरेर बसेका मुन्ना कुमार दिलिप समूहको विश्वासपात्र हुन् । काठमाण्डौमा बसेर मुन्नाले दिलिप समूहको हुण्डीको कारोबार गर्ने गरेका छन् ।
गतवर्ष हुण्डी कारोबारमा संलग्न रहेको आधारमा काठमाण्डौको कालिमाटीबाट पक्राउ परेका मुन्ना कुमारलाई दिलिपको समूहले नै रातारात प्रहरीलाई मोटो रकम दिएर मिलाएको थियो ।
भारतमा सम्बन्धित निकायले दिलिप समूह माथि निगरानी बढाई भित्रि रुपमा अनुसन्धान थालेपनि गौरको नाका प्रयोग गरी यसरी हाकाहाकी हुण्डीको कारोबार गर्ने दिलिप समूह माथि रौतहट प्रहरी अहिले सम्म किन अनुसन्धान थालेको छैन ? आम नागरीकको प्रश्नको विषय बनेको छ ।

