Tuesday, May 26, 2026

दिलिप समूहद्वारा फुलबरिया ढाकामा बसेर हुण्डीको रकम नेपाल छिराउने प्रयास

ताजा / भरखरै प्राप्त

हुण्डी कारोबारी दिलिप जयसवालको समूह अहिले भारतको फुलबरिया ढाकामा बसेर बारा र रौतटहको नाकाबाट कारोबार सुचारु गर्ने प्रयासमा लागेका छन् ।

भारतीय गुप्तचर निकायले बैरगनीयाका हुण्डी कारोबारी दिलिप जयसवाल र कौशल जयसवाल माथी निगरानी बढाएपछि बैरगनीया बाट फरार भएका जयसवाल समूह अहिले भारत मोतीहारी जिल्लाको फुलबरीया ढाकामा बसेर हुण्डीको रकम नेपाल छिराउने प्रयासमा लागेको सूचना प्राप्त भएको छ ।

जयसवाल समूहले ढाकामा बसेर विशेष गरेर रौतहट जिल्लाको बंकुल र बारा जिल्लाको सिम्रौनगढ नाकाबाट कारोबार गर्नका लागि सेटिंग मिलाउने प्रयासमा लागेको समाचार स्रोतले जनाएको छ ।

बैरगनीया बाट भागेर सर्लाही जिल्लाको नाका तिर पुगेको जयसवाल समूहको बारेमा पिएसआर खबरले लगातार रुपमा समाचार लेखेपछि अहिले उनीहरु ढाकामा बसेर रौतहट र बाराको ग्रामिण नाकाबाट कारोबार सूचारु गर्ने कसरतमा लागेको स्रोतको दाबी छ ।

spot_img

लोकप्रिय

Related Articles