Tuesday, May 26, 2026

सर्लाहीबाट हुण्डीको ३२ लाख नगद सहित एकजना भारतीय पक्राउ

ताजा / भरखरै प्राप्त

सर्लाहीबाट प्रहरीले हुण्डीको ३२ लाख नगद सहित एकजना भारतीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सितामढी थाना घर भएका ४० वर्षीय शम्भु कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

विशेष सूचनाको आधारमा आइतबार बिहान प्रहरी चौकी खुटौनाबाट खटिएको टोलीले साहलाई मलंगवा नगपालिका ६ बाट पक्राउ गरेको हो ।

भारतीय नम्बरको मोटरसाइकलमा उनी हुण्डीको नेपाली रुपैयाँ लिएर भारतबाट नेपालतर्फ आएका हुन् । उनको साथबाट ३२ लाख ३५ हजार नेपाली रुपैयाँ र २ हजार भारतीय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले बताउनु भएको छ । डीएसपी राईका अनुसार पक्राउ परेका साहसंग पैसाको मालिकको बारेमा अनुसन्धान भईरहेको छ ।

स्मरणीय होस कि केही दिन अघि देखी बैरगनीयाका हुण्डी कारोबारी दिलिप जयसवाल समूह माथी भारतमा अनुसन्धान सुरु भएपछि उनीहरु बारा र सर्लाहीको नाका बाट कारोबार गर्नका लागि प्रयास गर्दै थियो ।

spot_img

लोकप्रिय

Related Articles