जेठ ११, बारा । बाराको सदरमुकाम कलैया बजारमा रहेको पसल तथा कम्पनीमा जिल्ला प्रशासन कार्यालयको टोलिले छड्के अनुगमन गरेको छ ।
” स्वच्छ र प्रतिस्पर्धी बाजार : उपभोक्ता संरक्षणको दिगो आधार” मुलनाराका साथ उक्त अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बताए ।
अनुगमनको क्रममा कलैयामा रहेको सिद्धु सिद्धार्थ स्वीट्समा नमकिनमा लेभल नभएको र मिठाइ बनाउने कारखाना फोहोर तथा सरसफाइ नभएको भन्दै जरिवाना गरिएको भट्टराईले जानकारी दिएका छन । उनका अनुसार सिद्धार्थ स्वीट्सलाई एक लाख जरिवाना गरिएको हो ।
त्यस्तै जिल्ला प्रशासन कार्यालयको टोलिले वाटर एटिएममा समेत अनुगमन गरेको छ । वाटर एटीएमको पानी टेस्ट गर्न गुणस्तर तथा नापतौल कार्यालयले समेत लगेको सहायक प्रजिअ भट्टराईले बताए ।
जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईको नेतृत्वमा भएको अनुगमन टोलिमा घरेलु तथा साना उधोग कार्यालय बारा,उधोग बिभाग कार्यालय मधेस प्रदेशका प्रतिनिधि,गुणस्तर तथा नापतौल कार्यालय बिरगंजका प्रतिनिधि,खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय बिरगंजका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालय बाराका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

