Tuesday, May 26, 2026

बारामा प्रेस युनियनको ३४ औं स्थापना दिवस मनाइयो

ताजा / भरखरै प्राप्त

जेठ १६, बारा । नेपाल प्रेस युनियन शाखा बाराले ३४ औं स्थापना दिवसको अवसरमा प्रादेशिक अस्पताल कलैयामा फलफुल वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम गरेको छ ।

प्रादेशिक अस्पताल कलैयामा नेपाल प्रेस युनियन बारा शाखाले शुक्रबार एक कार्यक्रम बीच फलफुल वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम गरेको हो ।

प्रादेशिक अस्पताल कलैयामा आपतकालीन, आईसीयू, गर्भवती महिला, जेनेरल, अपरेशन वार्डमा भर्ना रहेका ६० जना विरामीहरूलाई फलफूल वितरण गरिएको प्रेस युनियन बाराका सचिव राजेश कुशवाहाले जानकारी दिनु भएको छ ।

उक्त अवसरमा सञ्चारकर्मीहरुको नि:शुल्क स्वास्थ्य परिक्षण गरिएको प्रादेशिक अस्पताल कलैयाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अजय कुमार गुप्ताले बताउनु भएको छ ।

प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य गणेश रिजाल,बाराका अग्रज पत्रकार उमेशलाल दास, रतन टेमानी, क्षेत्र नम्बर ४ ख का क्षेत्रीय सभापती एवं पुर्व तरुण दल जिल्ला अध्यक्ष लोकेश सिंह, तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल, नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी, नेपाल प्रेस युनियन मधेस प्रदेशका सचिव सन्तोष पाण्डे, पत्रकार महासंघ मधेस प्रदेशका सदस्य संजीव मिश्र, श्रमजीवी पत्रकार संघ बाराका अध्यक्ष शिवशंकर मिश्र, प्रेस युनियन बाराका जिल्ला कार्य समिति सदस्यहरु लगायतको उपस्तिथि रहेको थियो ।

 

spot_img

लोकप्रिय

Related Articles