Tuesday, May 26, 2026

गर्मी बढेसंगै बारामा सर्पदंशका बिरामी बढे

ताजा / भरखरै प्राप्त

जेठ १७, बारा । तराईमा गर्मी बढेसंगै बारामा सर्पदंशका बिरामी बढेको प्रादेशिक अस्पतालको तथ्याँकले देखाएको छ ।

अहिले बारामा रहेको प्रादेशिक अस्पताल कलैयामा दैनिक ५ देखि १० जना सर्पदंशका बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

वितेको चैत महिनामा ४० जना मात्र सर्पदंशका बिरामी रहेको बारामा बैशाख महिनामा डेढ गुणाले बढेर ६४ पुगेको अस्पतालको अभिलेखमा देखिएको छ ।

बिहिबार मात्र १२ जना सर्पदंशको बिरामी उपचारको लागि अस्पतालको आकस्मिक कक्षमा भर्ना भएको अस्पतालका प्रमुख डाक्टर अजय कुमार गुप्ताले बताउनु भएको छ ।

अस्पतालको तथ्याँक अनुसार जेठ महिनाको १५ दिनमा मात्र ४९ जना बिरामी उपचारका लागि अस्पताल पुगेका छन् ।

चिसो र सुख्खा मौसममा दुलोभित्र रहने सर्प गर्मी र वर्षामा बाहिर निस्कने भएकाले हरेक वर्ष यो मौसममा सर्पदंशका बिरामी बढ्ने गरेको अस्पतालले जनाएको छ ।

spot_img

लोकप्रिय

Related Articles