Tuesday, May 26, 2026

टिप्परको ठक्करबाट बालिकाको मृत्यु

ताजा / भरखरै प्राप्त

जेठ १८, बारा । बाराको सदरमुकामा कलैयामा टिप्परको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

कलैया उपमहानगरपालिका वडा नम्बर १ बाल मन्दिर अगाडि बीरगंज बाट कलैया तर्फ आउँदै गरेको ना १ क ८०५६ नम्बरको टिप्परले बाटो काट्दै गरेको बालिकालाई ठक्कर दिदा गम्भीर घाईते भएको बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारतको बिहार राज्यको मोतिहारी आठ मुहान घर भई हाल बाराको कलैया उपमहानगर १ मोतिबागमा डेरा गरी बस्ने हरेराम साहको ६ वर्षिया छोरी सिवानी गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पंडितले बताउनु भएको छ ।

टिप्परले ठक्कर दिदाँ ढाडमा चोट लागी उपचारको लागि आशिर्वाद अस्पताल कलैया बारामा लगिएको थियो । आशिर्वाद अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि एलएस न्यूरो अस्पताल लाने क्रममा बाटोमा मृत्यू मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्पर चालक बाराको कलैया उपमहानगरपालिका १८ का ३७ वर्षीय सत्यनारायण साह प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

spot_img

लोकप्रिय

Related Articles