Tuesday, May 26, 2026

सुनचाँदी व्यवसायी संघको आन्दोलन बारामा तीव्र

ताजा / भरखरै प्राप्त

असार १८, बारा ।  देशभर सुरु भएको सुनचाँदी व्यवसायी संघको आन्दोलन बारामा पनि तीव्र बनेको छ । नेपाल सुनचाँदी व्यवसायी संघ बारा शाखाका अध्यक्ष शिवकुमार सर्राफको नेतृत्वमा कलैया बजारमा शान्तिपूर्ण धर्ना र अनशन कार्यक्रम भईरहेको छ ।

सरकारले सुनचाँदी आयातमा लगाएको उच्च कर तथा नियमन नीतिको विरोधमा संघले चरणबद्ध आन्दोलन गरिरहेको छ । संघका अनुसार बजारमा सुनचाँदीको उपलब्धता संकटमा पर्नुका साथै व्यवसायीहरू सरकारी ज्यादती र अनावश्यक कारवाहीको सिकार भइरहेका छन् ।

संघका अध्यक्ष सर्राफले अनशनस्थलमा भने “हामी कर तिर्छौं, तर व्यवसाय चल्नै नसक्ने गरी नियम बनाउने काम सह्य हुँदैन । यो आन्दोलन व्यवसाय बचाउने अन्तिम प्रयास हो ।”

संघले सरकारसँग तत्काल कर नीतिमा पुनरावलोकन गर्न, सुन आपूर्ति सहज बनाउने व्यवस्था गर्न तथा व्यवसायीप्रति गरिने दमन बन्द गर्न माग गरेको छ । संघको आन्दोलनलाई स्थानीय सुनचाँदी व्यवसायी, व्यापार संघ तथा नागरिक समाजले पनि समर्थन जनाएका छन् ।

आन्दोलनका कारण बारामा रहेका सुनचाँदी पसलहरू असार १३ गतेदेखि नै बन्द रहेको कलैयाका सुनचाँदी व्यवसायी रमेश सर्राफले पिएसआर खबरलाई बताएका छन् ।

spot_img

लोकप्रिय

Related Articles