भदौ ०७, बारा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले साउन महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी चौकी रातोमाटेमा कार्यरत प्रहरी बरिष्ठ नायब निरीक्षक श्याम किशोर यादवलाई चयन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार यादवले संगठन प्रति उच्च निष्ठा, जिम्मेवारीबोध र निरन्तर परिश्रम गर्दै चौकी क्षेत्रमा कानून व्यवस्था सुदृढीकरणमा उल्लेखनीय योगदान पु¥याएका थिए । संगठनले तोकेको लक्ष्य र दायित्वलाई प्राथमिक्तामा राख्दै दिनरात खटिएका कारण उनलाई साउन महिनाको उत्कृष्ट प्रहरीको सम्मान प्रदान गरिएको हो ।
उत्कृष्ट प्रहरी घोषित भएका यादवले यो सम्मानले थप जिम्मेवारी थपिएको महसुस भएको बताउँदै संगठन प्रति अझै निष्ठावान भई सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले हरेक महिनामा उत्कृष्ट प्रहरी चयन गर्ने परम्परा रहेको छ, जसले संगठनभित्र प्रेरणा र कार्यउत्साह जगाउने अपेक्षा गरिएको छ ।

