Tuesday, May 26, 2026

तराईमा गोधन कुटियो

ताजा / भरखरै प्राप्त

कार्तिक ०६, बारा । तिहार पर्वको पाँचौँ दिन आज तराई मधेसका जिल्लामा समाजका महिलाहरु एक ठाउँमा जम्मा भएर मंगल गीत गाउँदै गोधन कुटेका छन् ।

गणेश भगवानलाई अराधना गर्दै सुरु गरिने यो पूजामा प्रकृतिको पूजा गरिन्छ । गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदीभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठारले पूजा गर्ने गरिन्छ ।

यमपञ्चकको पाँचौँ दिन मनाइने यस पर्वमा तराई–मधेसका महिलाले धान, सिन्दूर, फूल, दुबो र पिठार ओखलमा राखेर कुट्ने गर्छन् ।

यो मिश्रण गाई, गोरु सहितका पशुधनलाई रंगाउन प्रयोग गरिन्छ ।

spot_img

लोकप्रिय

Related Articles