Tuesday, May 26, 2026

इनार्वामा ५८ जना छठ व्रतालुलाई पत्रकार तिवारीद्वारा साडी वितरण

ताजा / भरखरै प्राप्त

कार्तिक ०६, बारा । बाराको महागढीमाई नगरपालिका –२ इनार्वा टोलमा पत्रकार धिरेन्द्र तिवारीले बिहीबार ५८ जना छठी व्रतालुहरुलाई साडी वितरण गरेका छन् । आफ्नो व्यक्तिगत खर्चबाट तिवारीले अति गरिब, विपन्न दलित, एकल महिला तथा छठ पर्व मनाउने महिलालाई लक्षित गरी साडी वितरण गरेका हुन् ।

उज्यालो न्यूज डटकम र बारा संचार साप्ताहिकका सञ्चालक समेत रहेका तिवारी प्रेस चौतारी बारा जिल्ला सहसचिव तथा नेपाल पत्रकार महासंघ बारा जिल्ला कार्यसमिति सदस्य पनि हुन् । जन्मस्थान प्रतिको दायित्व बहन गर्दै सामाजिक सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता उनले कार्यक्रममा व्यक्त गरे ।

साडी वितरण कार्यक्रम पत्रकार तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा महागढीमाई नगरपालिका –२ का वडा अध्यक्ष विश्वनाथ कुशवाहा, स्थानीय बासी, प्रहरी तथा सञ्चारकर्मीहरूको उपस्थिती रहेको थियो ।

spot_img

लोकप्रिय

Related Articles