Tuesday, May 26, 2026

बारामा पाँच लाख नगद सहित ११ लाख ६१ हजार बराबरका अवैध सामान बरामद

ताजा / भरखरै प्राप्त

कार्तिक २१, बारा । सशस्त्र प्रहरीले बाराको विभिन्न सीमाक्षेत्रबाट श्रोत नखुलेको पाँच लाख रुपैयाँ नगद सहित करिब ११ लाख ६१ हजार रुपैयाँ बराबरका अवैध सामान र मोटरसाइकल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर १२ गण मुख्यालय बाराका गणपति खुमबहादुर के.सी. का अनुसार विभिन्न स्थानमा सञ्चालन गरिएको सीमा क्षेत्रीय सुरक्षा अपरेसनका क्रममा उक्त सामानहरू बरामद गरिएका हुन् ।

बिश्रामपुर गाउँपालिका ३ मुसहर्वा सीमा क्षेत्रबाट बि.ओ.पी. बरैनियाका सशस्त्र प्रहरी निरीक्षक सन्दीप के.सी. को टोलीले भारतबाट साइकलमा नेपालतर्फ अबैध रूपमा ल्याउँदै गरिएको ४१ हजार रुपैयाँ मूल्य बराबरका मोबाइल कभर, ओटीजी, यूएसबी र डाटा केबल बरामद गरेको हो ।

त्यसैगरी सिम्रौनगढ नगरपालिका ९ पिठुवाघाट स्थित सीमा इलाकामा बि.ओ.पि गोलागंजका सशस्त्र प्रहरी निरीक्षक प्रशान्त अर्यालको टोलीले भारतबाट अबैध रूपमा ल्याउँदै गरिएको श्रोत नखुलेको पाँच लाख नगद र एक लाख मूल्य बराबरको भारतीय मोटरसाइकल सहित करिब ६ लाख रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।

यसैबीच सुवर्ण गाउँपालिका ३ जमुनिया सीमा इलाकामा सशस्त्र प्रहरी नायब निरीक्षक केदारबहादुर परियारको टोलीले भारतीय मोटरसाइकल मार्फत नेपालतर्फ ल्याउँदै गरिएको अन्दाजी ३० हजार रुपैयाँ बराबरको काटेको सूर्ति बरामद गरेको छ ।

त्यसैगरी कलैया उपमहानगरपालिका १० मटिअर्वा सीमा इलाकामा प्रस्तावित सिमासुरक्षा गुल्म मटिअर्वाबाट खटिएको सशस्त्र प्रहरी हवल्दार सुजन ताम्राकारको टोलीले भारतबाट भन्सार छली ल्याउँदै गरिएको ५५ हजार रुपैयाँ बराबरका कसमेटिक, कपडा र किराना सामग्रीहरू बरामद गरेको छ ।

यस्तै बिश्रामपुर गाउँपालिका ३ मुहर्वा सीमा इलाकामा बिओपि बरैनिया बाट खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक सन्तोष प्रसाद साहको टोलीले भारतीय मोटरसाइकलमा ल्याउँदै गरिएको ८ सय किलोग्राम काउली ३५ हजार मूल्य बराबर र दुईवटा मोटरसाइकल अन्दाजी ३ लाख बराबरको बरामद गरेको छ ।

सशस्त्र प्रहरी बलका अनुसार बरामद सबै सामान र मोटरसाइकलहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएका छन् ।

 

spot_img

लोकप्रिय

Related Articles