Tuesday, May 26, 2026

जेनजी एण्ड युथ कलैया उपमहानगरपालिका समितिको संयोजकमा सौरभ पाण्डेय

ताजा / भरखरै प्राप्त

कार्तिक २९, बारा । बाराको कलैया उपमहानगरपालिकामा जेनजी एण्ड युथको नयाँ नेतृत्व चयन गरिएको छ । बारा उद्योग वाणिज्य संघ कलैयाको सभा हलमा आज शनिबार सम्पन्न भेलाले सौरभ पाण्डेयको संयोजकत्वमा २० सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको हो ।

भेलाले सह–संयोजकमा सुमन जयसवाल र कोषाध्यक्षमा आकाश गुप्तालाई चयन गरेको छ । त्यस्तै सचिवमा अशोक पण्डित तथा सह–सचिवमा ध्रुव माली र आनन्द गुप्तालाई जिम्मेवारी दिइएको छ ।

समितिका सदस्यहरूमा उदय महतो, अर्जुन गुप्ता, आनन्द कुमार गुप्ता, राजेश कुमार साह, राकेश यादव, निरज साह, अभिशेष तिवारी, दिपेन्द्र साह, लालु कुमार गुप्ता, रामबालिक राम, संगम कुमार राजपूत, संजय पटेल, नितिश कुमार कुशवाहा, भोला यादव र राम पुकारलाई सर्वसम्मत रूपमा चयन गरिएको हो ।

नवगठित समितिले युवा परिचालन, सामाजिक सहभागिता तथा संगठन सुदृढीकरणका कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

spot_img

लोकप्रिय

Related Articles