मंसिर २५, बारा । राष्ट्रिय स्वतन्त्र पार्टी बाराले जिल्लास्तरीय विस्तारित बैठक मङ्सिर २७ गते गर्ने भएको छ ।
बैठक प्रसौनी ०२, हुलाकी सडकको दुधौरा पुल नजिक निर्माणाधीन प्रसौनी पोलिटेक्निकल इन्स्टिच्युट नजिक बस्ने सूचनामा उल्लेख गरिएको छ ।
रास्वपाका जिल्ला सभापति चन्दन कुमार स्वर्णकारको हस्ताक्षरमा जारी सूचनामा बैठकका लागि २ वटा एजेण्डा पनि समावेश गरिएको छ । उक्त बैठकमा
आमसभा सम्बन्धी र अन्य बिषयमा छलफल हुने अध्यक्ष स्वर्णकारले बताएका छन् ।
सूचनामा सबै समितिहरूले आफ्ना मातहतका सम्पूर्ण संरचनालाई जानकारी गराउन अनुरोध गरिएको छ । कुनै पनि महत्त्वपूर्ण समितिले सूचना नपाएको खण्डमा अनुशासन नियमावली अनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ ।
रास्वपाले हाल संघ–प्रदेश र स्थानीय तहमा संगठन विस्तार तीव्र बनाइरहेका बेला बारामा आयोजना हुन लागेको यो विस्तारित बैठकलाई महत्वपूर्ण मानिएको छ ।

