Tuesday, May 26, 2026

रौतहटमा प्रतिनिधि सभा निर्वाचनको सरगर्मी तीव्र, उम्मेदवारहरू प्रचार–प्रसारमा व्यस्त

ताजा / भरखरै प्राप्त

दिनेश संगम ।। रौतहट, माध १८ ।। प्रतिनिधि सभा निर्वाचन २०८२ नजिकिँदै जाँदा रौतहट जिल्लामा चुनावी सरगर्मी दिनानुदिन बढ्दै गएको छ। जिल्लाका चारवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा राजनीतिक दल, उम्मेदवार तथा स्वतन्त्र प्रत्याशीहरू मतदाता समक्ष आफ्नो आश्वासन तथा प्रतिवद्धता प्रस्तुत गर्न सक्रिय देखिएका छन् । गाउँ–टोलदेखि बजारसम्म चुनावी माहोल तातेको छ भने आम मतदातामा पनि निर्वाचन प्रति चासो बढे पनि आफनो किता वारे खल्न सकेको छैन ।
रौतहटमा प्रमुख राजनीतिक दलहरू—नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा , जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत आफ्ना उम्मेदवारलाई जिताउन घरदैलो अभियान, चुनावी सभा, कोणसभामा जुटिरहेका छन्। दलका शीर्ष नेताहरूको जिल्लास्तरीय तथा केन्द्रीयस्तरका नेताहरूको उपस्थितिले चुनावी माहोल बनाउने प्रयास गरि रहेका छन ।
फागनु २१ गते हुने आम निर्वाचनमा रौतहटको मुख्य मुद्दा विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, सिंचाइ तथा सडक पूर्वाधार बनेका छन्। उम्मेदवारहरूले विगतमा अधुरा रहेका विकास आयोजनाहरू पूरा गर्ने, किसानका समस्या समाधान गर्ने, युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने र सीमावर्ती क्षेत्रमा डुवानको समस्यालाई नियन्त्रण गर्ने प्रतिबद्धता जनाइरहेका छन्। तर विशेषगरी मधेससँग सम्बन्धित पहिचान, समान अधिकार र समावेशी विकासका विषयले पनि चुनावी बहसमा स्थान पाएका छैन्।
पालिकाहरूमा उम्मेदवारहरू मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना योजना सुनाइरहेका छन्। वृद्धवृद्धा, महिला, युवा तथा दलित समुदाय लक्षित कार्यक्रमलाई उम्मेदवारहरूले प्राथमिकतामा राखेका छन्। युवा मतदाताले पुराना अनुहारभन्दा नयाँ र काम गर्न सक्ने नेतृत्वको खोजी गरिरहेको प्रतिक्रिया दिएका छन्।
निर्वाचन आयोगले निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि आवश्यक तयारी तीव्र पारेको छ। जिल्लाका सबै मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आवश्यक स्थानमा नेपाली सेनासमेत परिचालन गरिने बताइएको छ । आचारसंहिता पालनामा आयोगले कडाइ गरेको छ भने उल्लंघन गर्ने उम्मेदवार तथा दलमाथि कारबाही गरिने चेतावनी दिइएको छ।
यस पलि रौतहटमा स्वतन्त्र उम्मेदवारहरूको उपस्थिति न्यून मात्रामा देखिएको छ। केही उम्मेदवारहरूले भ्रष्टाचारविरुद्धको अभियान, पारदर्शी शासन र स्थानीय समस्या समाधानलाई मुख्य एजेन्डा बनाएर प्रचार गरिरहेका छन्। यसले परम्परागत दलहरूलाई पनि आफ्ना प्रतिबद्धता अझ स्पष्ट र व्यावहारिक बनाउन दबाब सिर्जना गरे पनि हाल सम्म ठोस योजनाका साथ कुनै पिन उम्मेदवारले आफ्नो प्रचार प्रसारमा लागेको देखिदैन ।
मतदाताहरूमा उत्साहसँगै केही निराशा पनि देखिन्छ। विगतका निर्वाचनमा गरिएका वाचा पूरा नभएको गुनासो गर्ने मतदाताले यसपटक काम गरेर देखाउने उम्मेदवारलाई मात्र मतदान गर्ने बताएका छन्। “भाषण होइन, परिणाम चाहियो,” भन्ने मतदाता प्रतिक्रिया चुनावी मैदानमा सुनिन थालेको छ।
समग्रमा, प्रतिनिधि सभा निर्वाचनलाई लिएर रौतहटमा राजनीतिक चहलपहल उच्च रहेको छ। निर्वाचन मिति नजिकिँदै जाँदा प्रचार–प्रसार अझ तीव्र हुने देखिन्छ। शान्तिपूर्ण, निष्पक्ष र विश्वासयोग्य निर्वाचनमार्फत सक्षम प्रतिनिधि छनोट हुने अपेक्षा जिल्लावासीले गरेका छन्। निर्वाचनको परिणामले रौतहटको राजनीतिक दिशा मात्र होइन, आगामी विकासको मार्गचित्र पनि तय गर्छ गर्दैन भन्ने विश्वास विश्वास पैदा गरिरहेको छ।
खास गरि रौतहटको मुख्या समस्या कृषी, स्वास्थ्य, शिक्षा र रोजगार भए बाँकी पेज नं. ३ मा
पनि यस प्रति आश्वासन वाहेक कुनै पनि ठोस योजनाका साथ आउने सम्भावना नरहेको देखिन्छ । यस रौतहट क्षेत्र नं.१ ले राज्यमन्त्री देखि प्रधानमन्त्री सम्म पाए पनि कुनै कास उपलब्ध हुन सकेको अवस्था छैन । यस पालिको चुनावमा नयाँको चर्चा भए पनि अनुहार पुरानै भएकोले मतदातालाइ मतदिने अधिकार भए पनि यस पाली पनि मतको सदुपयोग हुने नहुनेमा शंका गरि रहेको छ ।

spot_img

लोकप्रिय

Related Articles