Tuesday, May 26, 2026

विभिन्न कार्यक्रम गरि ६६ औ वार्षिकोत्सव समपन्न

ताजा / भरखरै प्राप्त

रौतहट, माघ १९ ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवालबामा संचालित नेमधारी बासुदेव नमुना माध्यमिक बिद्यालयले विभिन्न कार्यक्रम आयोजना गरि ६६ औ स्थापना दिवस मनाएको छ ।
२०१७ साल माघ १९ गते प्राथमिक बिद्यालयको रुपमा स्थापना भएको विद्यालयले ६६ औ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रम गरि मनाएको हो । वार्षिकोत्सव समाहरोह भव्य र शभ्य रुपमा मनाउन विद्यालय ले सप्ताह व्यापी खेलकुद ,कविता प्रतियोगिता , कला सास्कृतिक कार्यक्रम समेत आयोजना गरेको थियो ।
विद्यालयको प्रांगणमा आयोजना गरिएको समारोहमा प्रमुख अतिथि पुर्व संविधान सभा सदस्य रम्भा देवी यादवले गाउका चेली छोरी बुहारी शिक्षित बनाउने उदेश्यले नेमधारी चौधरी र बसुदेवी चौधरीले आफ्नो सम्पति दिएर स्थापना गरेको विद्यालय आज जिल्ला मै शिक्षाको क्षेत्रमा दोस्रो स्थान हासिल गरेको सुन्न पाउदा खुशी लागेको बताउनु भएको छ ।
उहाले विद्यालयमा केटाहरुको संख्या भन्दा बढी छोरीहरुको विद्यालयमा सहभागिता भएको देख्दा समाज शिक्षा तर्फ उन्मुख भएको महसुस भएको बताए । पहिला छोरी घरमा काम गर्ने र छोरा विद्यालय पढ्ने देखिएको अवधारणा आजको युगमा परिवर्तन भएकोले खुशीको कुरो रहेको उल्लेख गरे ।
कार्यक्रममा राजदेवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकाउ कुमार यादवले आजको समयमा शिक्षा सबैको लागि महत्वपूर्ण भएकोले शिक्षा तर्फ सबैले ध्यान दिनुपर्ने जोड दिएका छन् । शिक्षा भए घर परिवार र समाज शिक्षित हुने भएकोले आ आफ्नो छोरा छोरीलाइ समयमा विद्यालय पठाउन आभिभावकहारुलाई आग्रह समेत गरे ।
नेपाल रेडक्रस सोसाइटी इल्लाख शाखा रौतहटका सभापति राज किशोर प्रसाद यादवले आफ्नो पूर्वजले छाप्रोबाट संचालन गरेका विद्यालय नमुना विद्यालयमा परिणत भइ भौतिक पूर्वाधारमा पनि फड्को मारेको देखेर हर्षित भएको प्रतिक्रिया दिएका छन् ।
बार्षिक समारोहमा विद्यालयका प्रध्यानाध्यापक रविशंकर प्रसाद यादवले विद्यालयका प्रगति विवरण प्रस्तुत गर्दै शैक्षिक र पूर्वाधारमा विद्यालय जिल्लामा दोस्रो तथा देशभरीमा चौथो विद्यालयको रुपमा स्थान हासिल गरेको जानकारी गराएका छन् । कार्यक्रममा विद्यालयमा ३२ वर्ष देखि निरन्तर कार्य गर्दै आएका बरिष्ठ शिक्षक जितेन्द्र प्रसाद यादवलाइ दिर्घ सेवा पदकबाट सम्मानित गरिएको छ । विद्यालयमा कार्यरत शिक्षक शिक्षिका विद्यालय कर्मचारी समेतलाइ सम्मानित गरिएको विद्यालय प्रसाशनले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद यादवको सभापतित्वमा समपन्न भएको वार्षिकोत्सव समारोहमा विभिन्न खेलमा विजयी भएका विद्यार्थीहरुलाइ पुरस्कृत समेत गरिएको छ । टेकनाथ खतिबडाले संचालन गरेको कार्यक्रममा विभिन्न भेषभुषा पहिरन ,बाजागाजा सहित विद्यार्थीहरुले मार्चपास समेत प्रदर्शन गरेका थिए । समारोहमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी , पुर्व अध्यक्ष ,सेवा निबृत प्रध्यानाध्यापक ,शिक्षक ,शिक्षिका , अभिभावकहरुको उपस्थति रहेको थियो ।

spot_img

लोकप्रिय

Related Articles