Tuesday, May 26, 2026

सुरक्षामा कडाइ संगै निर्वाचन क्षेत्रको मतदान केन्द्रमा सुरक्षा अधिकारीहरुको निरक्षण

ताजा / भरखरै प्राप्त

रौतहट, माघ २१ ।। आसन्न फागुन २१ गेत हुने प्रतिनिधि सभा निर्वाचन २०८२ को लागि नेपाली सेना परिचालन संगै रौतहटको सुरक्ष व्यवस्थामा कडाई गरिएको छ । रौतहटका सुरक्षा अधिकारीहरुले क्षेत्र नम्बर ४ अन्तर्गतका विभिन्न मतदान केन्द्रहरूको स्थलगत रुपमा अवलोकन निरीक्षण गरेका छन ।
मर्यादीत, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले विभिन्न क्षेत्रको मतदानहरुका केन्द्रहरुको निरीक्षण गरिएको हो ।
इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव माधवप्रसाद शर्मा, इलाका प्रहरी कार्यालय रुपा लाबुङ सहित प्रहरी अधिकारीहरू तथा सशस्त्र प्रहरी बेस क्याम्प सन्तपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक विश्व जीसी सहितको संयुक्त सुरक्षा टोलीले आज बुधवार क्षेत्र नं ४ मा अनुगमन निरीक्षण गरेका छन् ।
सुरक्षा अधिकारीका टोलीले मतदान स्थलको भौतिक संरचना, सुरक्षा अवस्थाको मूल्याङ्कन, प्रवेश–निस्कने मार्ग, सम्भावित जोखिम तथा आवश्यक पूर्वतयारीको अवस्थाबारे सूक्ष्म रूपमा निरीक्षण गरिएको छ । निरीक्षणका क्रममा देखिएका कमजोरीहरू तत्काल सुधार गरिने र मतदान केन्द्रहरूमा थप सुरक्षात्मक प्रबन्ध कडा बनाइने जानकारी दिएका हुन ।
रौतहट सुरक्षा निकायहरूले निर्वाचन अवधिभर शान्ति सुरक्षा कायम राख्न उच्च सतर्कता अपनाइने जनाउँदै स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बीच सशक्त समन्वयका साथ काम गरिने स्पष्ट पारे । निर्वाचनलाई कुनै पनि प्रकारको भय, दबाब वा अवाञ्छित गतिविधिबाट मुक्त राख्ने प्रतिबद्धता सुरक्षा संयन्त्रले दोहोर्याए ।
रौतहट क्षेत्र नं.४ मा ६१ मतदान स्थल रहेको छ भन्ने १ सय ३४ मतदान केन्द्र रहेको छ भन्ने जिल्ला भरी २ सय ७७ मतदान स्थल र ५ सय ४१ मतदान केन्द्र रहेकाे जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

spot_img

लोकप्रिय

Related Articles