Tuesday, May 26, 2026

आरडीस नेपालद्वारा परोहाका किशोरी तथा युवतीहरूका प्रमाण पत्र

ताजा / भरखरै प्राप्त

रौतहट, जेठ ०७।। किशोरी तथा युवतीहरूलाई सुरक्षित, आत्मविश्वासी तथा सशक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको “सेफ गर्ल परियोजना” अन्तर्गतका ३० वटा प्रशिक्षण कक्षा सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रम समापन अवसरमा सहभागी किशोरी तथा युवतीहरूलाई प्रमाणपत्र वितरण गरिएको आयोजक संस्थाले जनाएको छ ।
रौतहट जिल्लाको परोहा नगरपालिकाको १० ओटा विद्यालय÷मदरसाको सहभागी किशोरी तथा युवतीहरूलाई प्रमाण पत्र वितरण गरिएको हो । परोहा नगरपालिकाका श्री अनहोतीलाल उच्च मावि बसन्तपटी, ब्रह्म ज्योती माध्यमीक विद्यालय लौकाहा, ओम माध्यमीक विद्यालय, माध्यमीक विद्यालय जिंगडवा, माध्यमीक विद्यालय पोखरीया, जनता माध्यमीक विद्यालय रामपुर खाप, तैयेवा गल्स मदरसा, जामीया मददीलातुसस्लाम मदरसा, अकवर प्राथमीक विद्यालय गरि १० ओटा विद्यालय÷मदरसाका १० वर्ष देखि १९ वर्ष उमेर समुहका २ सय ७५ जना छात्रालाई परियोजनामार्फत ३० ओटा कक्षा संचालन गरिएको थियो ।
कक्षामा छात्राहरुलाई किशोरी तथा युवतीहरूलाई आत्मरक्षा, लैंगिक हिंसा न्यूनीकरण, सुरक्षित सामाजिक व्यवहार, नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, साइबर सुरक्षा, प्रजनन स्वास्थ्य, कानुनी अधिकार तथा सामाजिक सचेतनासम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । विभिन्न विद्यालय तथा समुदायका किशोरीहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त कार्यक्रमले सहभागीहरूमा सकारात्मक परिवर्तन ल्याएको संस्थाले जनाएको छ ।
ग्रामिण विकास केन्द्र( आरडीसी) नेपालको साझेदारी संचालित किशोरी तथा युवातीहरुका लागि सुरक्षति एवम सहयोगी वातावरण सेफ गर्ल परियोजना कोरिया अन्तराष्ट्रिय सहयोग संस्था (काईका) तथा युएनएफपीएको सहयोगमा, गुड नेवर्स ईन्टरनेशनल नेपालले रौतहट जिल्लाको राजपुर, गौर, देवाही गोनाही, परोहा नगरपालिका र युमुनामाई गाउँपालिकाको विद्यालय तथा मदरसाहरुमा संचालनमा रहेको छ ।

spot_img

लोकप्रिय

Related Articles