Tuesday, May 26, 2026

मधेशमा क्यान्सर सरह दाइजो प्रथा फैलिएको छ ः उपसभामुख ठाकुर

ताजा / भरखरै प्राप्त

सर्लाही ।। उपसभामुख रुबिकुमारी ठाकुरले श्वास रहेसम्म दाइजोविरुद्धको लडाई लडिरहने बताएकी छिन् । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजित बाल विवाह एवं दाइजो प्रथा उन्मुलनका लागि बृहत सभामा उपसभामुख ठाकुरले छोरा सरह छोरीलाई व्यवहार गरे समाजबाट दाइजो प्रथाको अन्त्य हुने बताएकी छिन् । दाइजोका कारण मधेशमा अहिले छोरीको गर्भमै हत्या हुने गरेको बताइन् । उनले कतिपय छोरी–बुहारी दाइजोकै कारण मारिएको पनि बताएकी छिन् ।
‘बाल विवाह जिन्दगी तबाह, दाइजो हटाऔं छोरी बचाऔं’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा ठाकुरले खास गरेर मधेशमा दाइजो प्रथाले जरो गाडेको बताएकी छिन् । अहिले यसको प्रभाव नेपालभरी नै फैलिएको ठाकुरले बताएकी छिन् । मधेशमा क्यान्सर सरह दाइजो प्रथा फैलिएको छ । कुरामा होइन व्यवहारमा परिवर्तन नभएसम्म दाइजो प्रथाको अन्त्य नहुने ठाकुरले बताइन् । उनले भनिन्, ‘छोरा सरह छोरीमाथि विश्वास गर्न जरुरी छ। छोरा सरह छोरीलाई पनि शिक्षा दिएर सशक्त बनाउन अहिलेको आवश्यकता छ । आमा–बुबाले जसरी आफ्नो छोरीलाई माया गर्छ, त्यसरी नै बुहारीलाई सम्मान गर्नुपर्छ ।’ ‘कतिपय आमा–बुबाले छोरीलाई श्रापको रुपमा लिने गरेको छ । मधेश मात्र होइन्, सिङ्गो नेपाल परिवर्तन हुन जरुरी छ । आज थुप्रै छोरीहरु छोरा सरह आमाबुबाको सपना सकार पारेको छ । छोरीलाई अभिषापको रुपमा होइन बरदानको रुपमा अगाडि बढाउन जरुरी छ’, उनले भनिन् । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सर्लाही क्षेत्र नं.१ की प्रतिनिधि सभा सदस्य नितिमा भण्डारी कार्कीले छोरीहरुलाई बचाउन आमा तथा युवाहरुलाई लाग्नु पर्ने बताएकी छिन् । उनले दाइजो प्रथा अन्त्य भए मात्र छोरी जीवन जोगिने बताइन् । उनले भनिन्, ‘चेतना, सोच र कानुनी प्राबधान छ । तर, त्यो व्यवहारमा लागु नहुदाँ हजारौं छोरीको जीवन कष्टकर बनेको छ ।’ दाइजोकै कारण कतिपय बुहारीले आफ्नो सासु ससुरालाई हेला गर्ने गरेको कार्कीले बताइन् । छोरीलाई पढाईमा अगाडि बढाउन जरुरी छ । दाइजोको बिरुद्ध गाउँघरमा आमा समूह बनाएर प्रतिकार्य गर्न जरुरी रहेको कार्कीले बताइन् । समाजबाट यस्ता विकृती नहटे देश अगाडी नबढने कार्कीले बताइन् । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार महतोले छोरीलाई २० वर्ष पुरा गराइ विवाह गर्ने अभिभावकलाई सम्मान समेत गरेको थियो । गाउँपालिकाले विगत ४ वर्षदेखि १२ कक्षा अध्यापन गराएर २० वर्ष पुरा गरी विवाह गर्ने छोरीलाई ५० हजार उपहार दिदैं आएको छ । १२ सम्म अध्ययन गरी स्नातक पढ्ने छोरीलाई ११ हजार रुपैया समेत दिने गरेको छ । अहिलेसम्म पालिकाले १५७ छोरीलाई ५० हजार र एक ९७ छोरीलाई ११ हजार रुपैंयाँ दिएको छ ।

spot_img

लोकप्रिय

Related Articles