Tuesday, May 26, 2026

एमालेबाट निर्वाचित मेयर आम जनता पार्टीमा प्रवेश

ताजा / भरखरै प्राप्त

रौतहट ।। रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साहले नेकपा एमाले परित्याग गरी प्रभु साह नेतृत्वको आम जनता पार्टीमा प्रवेश गरेका छन् ।
मेयर साहसहित वडा नम्बर ४ का वडाध्यक्ष रामप्रवेश पटेल, वडा नम्बर ९ का वडाध्यक्ष बिरबहादुर साह लगायतका जनप्रतिनिधिहरू सामूहिक रूपमा आजपामा प्रवेश गरेका हुन् । उनीहरूको प्रवेशसँगै स्थानीय राजनीतिमा नयाँ तरंग उत्पन्न भएको भएको बताइन्छ ।
आम जनता पार्टीका सचिवालय सदस्य रामशरण यादवले दिएको जानकारी अनुसार अझै अन्य जनप्रतिनिधि र कार्यकर्ताहरू पनि पार्टी प्रवेशको तयारीमा रहेका छन् । उनीहरूलाई आजपा अध्यक्ष प्रभु साहले पार्टी प्रवेश गराएका हुन ।

spot_img

लोकप्रिय

Related Articles