राकेश यादव, राैतहट, आषाढ़ २ ।। रौतहट जिल्लाको माधव नारायण नगरपालिकाको ११ औ नगर अधिबेशन मंगलवार माधव नारायण नगरपालिकाको कार्यालय माधोपुरमा संपन्न भएको छ । आगामी आर्थिक वर्ष २०८३/ ०८४ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाले ११ औ नगर अधिबेशनको खुल्ला सत्र संपन्न गरेको हो । चालू आर्थिक वर्षको आषाढ़ महीनाको १० गते भित्र आगामी आर्थिक वर्षको लागि बजेट तथा निति कार्यक्रम प्रस्तुत गर्नु पर्ने क़ानूनी प्रावधान अनुसार माधव नारायण नगरपालिकाले आषाढ़ को पहिलो हप्ता मै नगर अधिबेशन संपन्न गरेका छन ।
लिफ्ट सहित को निर्माण भएको सुबिधा संपन्न प्रशासनिक भवनको सभाहलमा पहिलो पटक आयोजना गरिएको नगर अधिबेशनमा नगर प्रमुख बैजनाथ प्रसाद यादवले आगामी आर्थिक बर्ष २०८३/०८४ को लागि ५० करोड़ २९ लाख २० हजार ३६३ रुपैयाको बजेट नगर सभा समक्ष प्रस्तुत गरेका छन ।
खर्च बेहोर्ने स्रोत आतंरिक आय १ करोड़ नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ११ करोड़ , प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७५ लाख २० हजार , नेपाल सरकारको राजश्व बाँडफाँड तरफ १० करोड़ र मधेश प्रदेश सरकारबाट आउने राजश्व बाँडफाँड ६५ लाख निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदान २० करोड़ १३ लाख मध्ये चालू तरफ १९ करोड़ ४७ लाख तथा पूंजीगत तरफ ६६ लाख , प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान तरफ अनुमानित २ करोड़ ५० लाख लाख , नेपाल सरकारबाट प्राप्त हुने सम्पूरक ७० लाख , प्रदेश सरकारबाट प्राप्त हुने विशेष अनुदान ३० लाख , सम्पूरक अनुदान २० लाख र नगरपालिकाको समन्वय तथा साझेदारिमा राष्ट्रिय रोजगार प्रवर्ध्दन केन्द्रबाट प्राप्त हुने ३ करोड़ ६ लाख ३६३ रुपैया रहेको उल्लेख गरिएको छ ।
निति कार्यक्रममा आर्थिक विकास तरफ नागदेबाली कृषकहरु मध्ये उत्कृस्ट १० कृषक लाइ २५ हजारका दरले नगद पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ । बैदेशिक रोजगारबाट फर्की आएका युवाहरुले कुनै उधम व्यवसाय गर्न चाहेमा ५० प्रतिशत व्यवसाय करमा छूट दिइने , कृषकको उत्पादनलाइ आवशयक बाजार व्यवस्थापन , अनुदानमाँ आधारित कृषि मोटर बिउ तथा मलको व्यवस्था मिलाइने जोड़ दिइएको छ ।
एस ईई परीक्षामा सर्वोत्कृस्ट ग्रेड ल्याई उत्तीर्ण हुने ३ जना छात्र र ३ जना छात्रा लाइ जनहि २५ हजार का दरले पुरस्कार दिइने घोषणा निति तथा कार्यक्रम मार्फत गरिएको छ ।
नगर अधिबेशनमा नगर उपप्रमुख निर्मला देवी रमन , प्रमुख प्रशासकीय अधिकृत ऋषि केश रेग्मी , निर्वाचित वड़ा अध्यक्षहरु , वड़ा सदसयहरु , कार्यपालिका सदस्य , संचारकर्मी सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।

