Thursday, June 25, 2026

गरुडामा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु २ घाइते

ताजा / भरखरै प्राप्त

राकेश कुमार यादव। राैतहट, असार ०२ ।। रौतहट जिल्लाको गरुडा नगरपालिका वड़ा नम्बर ४ स्थित भित्री सड़क खण्डमा मंगलवार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका हुन ।
ना २८ प ७२५९ नम्बरको मोटर साइकल र म प्र०३ – ००१ क २५१६ नम्बरको टिपर एक आपसमा ठोकीदा भएको दुर्घटना परी गंभीर रुपमा घाइते भएका मोटर साइकल सवार स्थानीय कटहरिया नगरपालिका वड़ा नम्ब्बर ६ फतेपुर निवासी शेख जागीरको छोरा २० वर्षीय शेख सोहेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गंभीर रुपमा घाइते भएका सोहेललाई उपचारको लागि बेटर नेपाल हॉस्पिटल गरुडामा पठाउदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसंत गौतमले जानकारी दिएका छन।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मोटर साइकल चालक गरुडा नगरपालिका वड़ा नंबर ८ बस्ने शेख मनिरको छोरा २२ वर्षीय शेख आशिक र अव्दुल जवारको छोरा कमरानको अवस्था सामान्य रहेको छ ।
घटनाको जानकारी भएपछि इलाका प्रहरी कार्यालय गरुडा बाट गएको टोलीले टिपर सहित चालक चंद्रपुर नगरपालिका ५ बस्ने रामचंद्र चौधरीको छोरा ४३ बर्षीय धरमलाल चौधरी लाइ नियन्त्रणमा लिएर घटना को थप अनुसन्धान अगाडी बढ़ाइएको प्रहरी ले जनाएको छ । बिगत केहि दिन देखि सो क्षेत्रमा टिपर को आतंक बढेको छ । यस अघि टिपर ले ठक्कर दीदा एकजना साइकल यात्रिको घटना स्थलमा नै मृत्यु भएको थियो ।

spot_img

लोकप्रिय

Related Articles