Thursday, June 25, 2026

दूतावास द्वारा विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा रक्तदान शिविर

ताजा / भरखरै प्राप्त

राैतहट ।। जेष्ठ ३१ ।। विश्व रक्तदाता दिवस २०२६ को अवसरमा विरगंज स्थित महावाणिज्य दूतावास परिसरमा रक्तदान शिविरको संचालन गरिएकाे छ । भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले नेपाल-भारत मैत्री संघ (NIFA), पर्सा; नेपाल इनोभेटिभ सोसाइटी, वीरगञ्ज; नेपाल रेडक्रस सोसाइटी, वीरगञ्ज; र नेपाल यंग इन्टरप्रेन्योर्स फोरम, वीरगञ्जको सहकार्यमा विश्व रक्तदाता दिवस २०२६ को अवसरमा आज महावाणिज्य दूतावास परिसरमा रक्तदान शिविरको सफल आयोजना गरिएकाे हाे ।

शिविरमा ठूलो संख्यामा सहभागीहरूले उत्साहपूर्वक भाग लिई स्वेच्छाले रक्तदान गरेर यस पुण्य कार्यमा योगदान पुर्‍याउने बताइएकाे छ । स्थानीय नागरिक, युवा तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागितामा कार्यक्रमलाई भव्यरूपमा सफल भएकाे हाे ।

उक्त अवसरमा महावाणिज्य दूत देवी सहाय मीनाले उपस्थित सबै रक्तदाताहरूसँग भेट गर्नुभयो। उहाँले सबैको हौसला बढाउँदै मानवताको सेवाको यस पवित्र कार्यका लागि उहाँहरूलाई बधाई तथा शुभकामना दिनुभयो। मीनाले भन्नुभयो, “रक्तदानले आवश्यक परेका व्यक्तिलाई नयाँ जीवन मात्र दिँदैन, समाजप्रति समर्पित सबै रक्तदाताहरूको यो निस्वार्थ योगदान मानव सेवाको सर्वोत्तम उदाहरण हो।” यो पहलले सामाजिक संस्थाहरूसँग मिलेर समाज सेवाप्रति भारतीय महावाणिज्य दूतावासको दृढ प्रतिबद्धतालाई दर्शाउँछ।

भारतीय महावाणिज्य दूतावास, वीरगञ्ज सबै रक्तदाता, सहकार्य गर्ने संस्था र स्वयंसेवकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ। दूतावास भविष्यमा पनि विभिन्न संस्थाहरूसँग मिलेर मानवता र समाज कल्याणका लागि काम गर्न संकल्पित गरेका छन् ।

spot_img

लोकप्रिय

Related Articles