Sunday, June 7, 2026

अङ्कमाल: स्वास्थ्य र मानसिक लाभका लागि एक सरल तर प्रभावकारी उपाय

ताजा / भरखरै प्राप्त

काठमाडौं, पछिल्लो समय नेपालमा अङ्कमाल गर्ने चलन बढ्दो क्रममा छ। परिवारका सदस्य, प्रेमी-प्रेमिका, साथीभाइ र अरूसँगको भेटमा अङ्कमाल एक सामान्य तरिका बनेको छ जसले व्यक्तिलाई खुशी र सुरक्षित महसुस गराउँछ। एक सानो बच्चाले पनि आफ्नो बाबुआमासँग अङ्कमाल गर्दा सुरक्षित महसुस गर्ने गर्दछ, र यसका धेरै स्वास्थ्य लाभहरू पनि छन्।

अङ्कमाल गर्दा शरीरमा हुने सकारात्मक प्रभावको बारेमा गरिएको अध्ययनले यसलाई तनाव, चिन्ता र पीडा कम गर्ने प्रभावकारी उपायको रूपमा प्रस्तुत गरेको छ। अङ्कमाल गर्दा हाम्रा स्वास्थ्यमा धेरै सुधारहरू देखिन्छ, जसमा रोग प्रतिरोधात्मक क्षमता र मुटुको स्वास्थ्य पनि सुधार्न मद्दत पुग्छ।

अङ्कमालका फाइदाहरू यस प्रकार छन्:

१. तनाव र चिन्ता कम गर्दछ:
अङ्कमाल गर्दा शरीरमा तनाव उत्पन्न गर्ने हार्मोन कोर्टिसोलको स्तर घट्छ, जसका कारण शान्ति र आरामको अनुभव हुन्छ। अध्ययनले देखाएको छ कि बच्चाहरूले प्रारम्भिक विकासका चरणहरूमा पर्याप्त स्पर्श पाएमा उनीहरूको तनाव प्रतिक्रिया कम हुन्छ।

२. सम्बन्धलाई मजबुत बनाउँछ:
अङ्कमाल गर्दा शरीरमा अक्सिटोसिनको उत्पादन बढ्छ, जसलाई प्रेम वा ‘कडल हर्मोन’ भनिन्छ। अक्सिटोसिनले प्रियजनहरूसँगको बन्धनलाई मजबुत बनाउँछ र एक्लोपनको भावना कम गर्न मद्दत गर्छ।

३. आत्म-सम्मान बढाउँछ:
अङ्कमाल गर्दा हाम्रो शरीरमा सेरोटोनिन र डोपामाइनको स्तर बढ्छ, जसले खुशी र सकारात्मक भावना ल्याउँछ। यसले आत्मसम्मान बढाउन र मानिसलाई आफूसँग खुशी महसुस गराउन मद्दत गर्छ।

४. रक्तचाप र मुटुको धड्कन कम गर्छ:
अङ्कमालले रक्तचाप र मुटुको धड्कन घटाउन मद्दत गर्दछ। यसले हृदयको कार्यलाई सुधार्नका साथै शान्ति र आरामको अनुभव गराउँछ।

५. प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ:
अङ्कमालले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत पुर्‍याउँछ। शरीरमा सेतो रक्त कोशिकाको उत्पादनलाई बढाउँछ जसले तपाईंलाई स्वस्थ राख्न मद्दत गर्छ।

अङ्कमालको यस्तो प्रभावशाली लाभले मात्र शारीरिक स्वास्थ्यमा मात्र नभएर मानसिक स्वास्थ्यमा पनि सुधार ल्याउँछ। यसले मानिसलाई शान्त र सुरक्षित महसुस गराउँछ, जसले तनाव र चिन्ता कम गर्न ठूलो सहयोग पुर्याउँछ।

spot_img

लोकप्रिय

Related Articles