Tuesday, May 26, 2026

सहकारी प्रकरणमा अनुसन्धान प्रभावित पार्न खोजिएको: गृहमन्त्री लेखक

ताजा / भरखरै प्राप्त

सुर्खेत- गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा रवि लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित पार्न प्रयास भइरहेको बताएका छन्।

मंगलबार सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले अनुसन्धानको क्रममा प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालय घेर्नेजस्ता गतिविधिले अनुसन्धानलाई असर पुर्‍याउन खोजिएको टिप्पणी गरे।

गृहमन्त्री लेखकले सबैको मानवअधिकारप्रति सरकार गम्भीर रहेको भन्दै लामिछानेमाथि न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको स्पष्ट पारे। तर, प्रमुख प्रतिपक्षी दलका नेताहरूले यस्ता विषयमा बोल्नु दुर्भाग्यपूर्ण भएको उनको धारणा छ।

यसै सन्दर्भमा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रवि लामिछानेमाथि सरकारले अमानवीय व्यवहार गरेको भन्दै आलोचना गरेका छन्। उनले प्रहरीले गरेको ज्यादति रोक्नुपर्ने बताएका छन्।

लामिछानेले भने आफूलाई प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै मानवअधिकार आयोगमा उजुरी गरेका छन्। चितवनमा अनुसन्धानका क्रममा प्रहरीद्वारा आफूमाथि ज्यादति भएको उनले दाबी गरेका छन्।

गृहमन्त्री लेखकले वर्तमान सरकार एमाले–कांग्रेसबीचको सहमति अनुसार नै अघि बढिरहेको पनि उल्लेख गरे।

spot_img

लोकप्रिय

Related Articles