Tuesday, May 26, 2026

सेयर बजारमा निरन्तर गिरावट

ताजा / भरखरै प्राप्त

काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार ६ अंकले घटेको छ । अघिल्लो कारोबारको दिन (सोमबार) १२ अंक घटेको बजार आज ६.३२ अंकले घटेको हो ।

बजारसँगै कारोबार रकम पनि घटेको छ । सोमबार पाँच अर्ब ६२ करोड कारोबार भएको बजारमा आज एक अर्ब २१ करोड रकम घटेर चार अर्ब ४१ करोडमा झरेको छ ।

आज जोशी हाइड्रो, खानीखोला हाइड्रो, गणपति लघुवित्त, उपकार लघुवित्त, महिला लघुवित्तलगायत कम्पनीले उच्च नाफा कमाए ।

बजार घट्दा ८५ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १४८ कम्पनीको सेयरमूल्य घटेको छ ।

spot_img

लोकप्रिय

Related Articles