Tuesday, May 26, 2026

पचरौताको गुलरिया नाकाबाट सशस्त्र प्रहरीकै मिलेमत्तोमा खाधान्न तस्करी

ताजा / भरखरै प्राप्त

धिरेन्द्र ठाकुर
बाराको पचरौता नगरपालिकाको गुलरिया नाका यति बेला तस्करहरुको लागि तस्करी गर्ने मुख्य थलो बनेको छ । सशस्त्र प्रहरी सिमा सुरक्षा बल पिपरपातिको सशस्त्र प्रहरीको मिलेमत्तोमा राति राति तस्करी हुने गरेको स्थानियहरु बताउँछन् ।

भारत बिहारको छौडादानो सिमानाका संगै जोडिएको गुलरिया नाका भएर दैनिक रुपमा धान , गहु , तोरि , किराना सामग्री ,हार्डवेयरको मालसामान राजश्व छली गरि नेपाल भित्र्याउने गरिएको स्थानीय सुरेश यादवले बताएका छन् । दशगजा सिमाक्षेत्रको सुरक्षामा खटिएका सशस्त्र प्रहरी नै पैसा कमाउने धन्दामा लागेपछि सिमानाकामा अवैध कारोबार मौलाउंदै गएको छ ।

सिमानाका कै क्षेत्रमा अबैध रुपमा मदिरा पसल खुल्याम रुपमा संचालनमा रहेपनी त्यहाँ सुरक्षामा खटेका सुरक्षाकर्मी मुखदर्शक भएर हेर्ने गरेका छ्न । गुलेरिया सिमानाका बिना अनुमति अबैध रुपमा संचालनमा रहेको मदिरा पसलहरु संग मासिक ५ हजार रकम सशस्त्र प्रहरी लाई बुझाउने गरेको पसल सञ्चालकहरु बताउछन् । अबैध रुपमा दर्जनौं मदिरा पसल नेपाली सिमाभित्र संचालनमा आएको र त्यहाँ भण्डारण गरिएको रक्सी मदिरा रातिको समयमा भारत तीर लैजाने गरिएको स्थानीय शंकर यादवले जानकारी दिए ।
यसरी दैनिक रुपमा लाखौ रुपैयाँ राजश्व छली हुँदै आएपनि सशस्त्र प्रहरी बल बेलदारीका सशस्त्र प्रहरी निरीक्षक राजकुमार झा ले भने कुनै किसीमको अवैध काम सिमानाकामा नभएको दाबि गरेका छन् ।

spot_img

लोकप्रिय

Related Articles