धिरेन्द्र ठाकुर
सबैभन्दा कान्छो नगरपालिकाको रुपमा चिनिने पचरौता नगरपालिकाको महत्वाकांक्षी योजनाहरु देखेर विपक्षीको होस उडेको प्रवक्ता लक्ष्मी यादवले आरोप लगाएका छन ।
पचरौता नगरपालिकाको आ ब ०८१।८२ को पचास प्रतिशत बजेट शिक्षामा बिनियोजित गरिएको छ , बांकी बजेट भौतिक पुर्वाधार ,कृषि , स्वास्थ तर्फ बिनियोजन गरि पचरौता नगरपालिकाले बिकासको गति तिब्र रुपमा बढेको देखेर केही तत्वहरु बाधक बनेको यादवले आरोप लगाएका छन् । बिकास निर्माणका बाधक तत्वलाई पचरौता नगरबासिले अगामी स्थानीय तहको निर्वाचनमा तह लगाउने उनले बताए ।

सोमबार पचरौता नपा ७ बेनौली स्थित आयोजना गरिएको पत्रकार सम्मेलन कार्यक्रममा पचरौताको बिकास निर्माणकार्य ,दीर्घकालीन योजनाको बारेमा जानकारी दिदै प्रवक्ता यादवले बिकास निर्माणको क्रममा सार्वजनिक जग्गामा निर्माण हुन लागेको नालाको बिषयमा भएको टीका टिप्पणी निराधारा भएको बताए । हामी कानुन संवत् बिकासको कार्य अगाडि बढाएको जसको चित नबुझे अदालतको सहारा लिन आग्रह गरेका थिए ।

पचरौता नगरपालिकाले शिक्षा क्षेत्रमा शोभनीय कार्य एम बि बि एस पढने छात्र छात्रालाई छात्रवृत्ति प्रदान , कृषि मिटर निशुल्क , नगर अस्पताल निर्माण तिब्र गतिमा , सेवाग्राहीको सेवा , लगायतको क्षेत्रमा पचरौता नगरबांसिले सुशासनको अनुभुती देखेपछि केही बाधक तत्वहरु सलबलाएको बताए । त्यस बाट पचरौता नगरपालिकाको बिकास निर्माणकार्य अवरुद्ध नहुने ठोकुवा गर्नु भएको थियो ।

