Tuesday, May 26, 2026

सीमामा मदिराको कारोबार

ताजा / भरखरै प्राप्त

धिरेन्द्र ठाकुर
बाराको गुलरिया नाकामा अबैध रुपमा दर्जनौं मदिरा पसल संचालन हुँदै आएका छन् । अबैध मदिरा पसल बिना मापदण्ड दसगंजा भित्रै खुलेपनी सिमामा खटेका सुरक्षाक्रमी मुखदर्शक बनेका छन्।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल बेलदारी बाट डुयुटिमा खटेका सुरक्षाक्रमी अगाडि नै अबैध मदिरा पसल संचालन हुँदै आएपनि प्रहरी रमिता हेरेर बस्ने गरेका छन् । बाराको गुलरिया बोर्डरमा संचालनमा रहेको पचरौता होटल लगायत दर्जनौं बिना अनुमति अबैध रुपमा सिमानाकामा संचालन हुँदै आएको छ । यस्ता होटलहरु नेपाली सिमानाका भित्र भारतिय ब्यक्तिले नै संचालन गर्दै आएको स्थानीयहरु बताउछन् ।

सिमानाकामा अबैध रुपमा संचालन रहेको मदिरा होटलमा भारतिय नागरिकको जमघट नै बढी देखिन्छ । राती अबेर सम्म संचालन हुने होटल कै कारण सिमानाकामा हुने अपराधिक क्रियाकलापमा भारतिय नागरिकको बढी सलग्नता रहेको देखिन्छन । तर सिमानाकाको सुरक्षाको जिम्मेवारी लिएका सशस्त्र प्रहरी सिमा सुरक्षा बल बेलदारिको सशस्त्र प्रहरी तस्कर लगायत होटल संचालकहरु बाट मासिक पैसा असुलीमा ब्यस्त रहेका छन् ।

सिमा सुरक्षाको जिम्मेवारी पाएका मातहतका युनिटको संरक्षणमा नै रातिको समयमा तस्करहरूले खाधान्न , तोरि , गहु , आलु , लत्ताकपडा लगायतको मालसामान राजस्व छली गरि नेपाल ल्याउने गरिएको छ । यसरी गुलेरिया सिमानाकामा अबैध रुपमा संचालन रहेको अधिकांस मदिरा होटलहरु संग कुनै अनुमति पत्र , घरेलु दर्ता प्रमाणपत्र , आन्तरिक राजस्व कार्यालयको दर्ता प्रमाणपत्र नरहेको अवस्था निर्वाद रुपमा संचालन हुँदै आएकोमा संबंधित निकाएको ध्यानाकर्षण हुनु आवश्यक देखिन्छ ।

spot_img

लोकप्रिय

Related Articles