धिरेन्द्र ठाकुर
बाराको पचरौता नगरपालिकाको कामकाज आईतबार बन्द हुने भएको छ । नगरपालिकाले आईतबारको दिन शोक बिदा दिएपछि अत्यावश्यक र विद्यालय बाहेक पालिकाको सम्पूर्ण कामकाज बन्द हुने भएको हो ।
पचरौता नगरपालिकाका वडा नम्बर २ को दलित महिला सदस्य तथा नगर कार्यपालिका सदस्य सतिया देवि दास तत्मिनको मृत्यु भएपछि नगरपालिकाले उनको सम्मानमा एकदिन शोक विदा दिएको नगर प्रमुख जलान्धर सिंह जैस्वारले जानकारी दिनु भएको छ । विदाको दिनमा अत्यावश्यक सेवा र विद्यालय भने सुचारु रहने नगर प्रमुख जैस्वारले बताउनु भएको छ ।

