शिवशंकर मिश्राको अध्यक्षतामा १३ सदस्यीय श्रमजीवी पत्रकार संघ नेपाल गठन भएको छ । समितिको उपाध्यक्षमा नरेश गुप्ता, महिला उपाध्यक्षमा प्रीयन्का सराफ, सचिबमा चन्देश्वर चौरसिया, सहसचिवमा महेन्द्र सहनी, श्याम पासवान, कोषाध्यक्षमा बिशाल सराफ, सदस्यहरुमा शर्मालाल बैठा, अनिल वर्मा, अजय बियोगी, बिनिता चौधरी, श्यामकुमार ठाकुर, रन्जन कुमार र कृष्णा कुशवाहालगायतको रहनु भएको छ । नेपाल पत्रकार महासङ मधेस प्रदेशका सदस्य सन्जिवकुमार मिश्राको प्रमुख आतिथ्य, बृजमोहन कुशवाहाको विशेष आतिथ्य र मधेस प्रदेशका प्रेस युनियन संयोजक सत्यप्रसाद श्रेष्ठ को आतिथ्यमा सम्पन्न बैठकले कलैयामा शुक्रबार बसेको भेलाले समिति गठन गरेको हो ।

