Tuesday, May 26, 2026

परवानीपुर गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन

ताजा / भरखरै प्राप्त

बाराको परवानीपुर गाउँपालिकामा पशु सेवा शाखाको आयोजनामा पशु चौपायाहरुमा खोप लगाउने कार्यक्रम सुरु भएको छ ।
परवानीपुर गाउँपालिकाको ५ वटै वडाका गाई, भैसी र बाख्राहरुमा खोप लगाउने अभिायान सुरु भएको हो । गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा फाल्गुन १९ गतेबाट सुरु भएको खोप कार्यक्रममा गाउँपालिका भरीका गाई, भैंसीमा एफएमडी र बाख्रामा पीपीआर खोप लगाईने पशु सेवा शाखाका प्रमुख सिपाहीलाल साहले बताउनु भएको छ । पशु सेवा शाखा प्रमुख साहका अनुसार गाउँपालिका भरीमा १० हजार बाख्रा र २ हजार ५ सय गाई, भैंसीमा खोप लगाईने कार्यक्रम रहेको छ । खोप कार्यक्रममा पशु सेवा शाखाका प्राविधिकहरु अनिल मण्डल, विवेक गुप्ता, धर्मेन्द्र मण्डल र दिनेश मण्डलले पशुहरुलाई खोप लगाउने कार्य गरिरहेको पशु सेवा शाखाका प्रमुख साहले बताउनु भएको छ । खोप कार्यक्रम फाल्गुन २४ गतेसम्म चल्नेछ ।

spot_img

लोकप्रिय

Related Articles