३ किलोमिटर अधुरो मानवत मटिअर्वा सडक खण्ड अन्तर्गतको कलैया रोडको निर्माणको लागि भोलि शुक्रबार बिहान माननीय किसान श्रेष्ठ सहितको जम्बो अनुगमन टोली कलैया आउने भएको छ ।
टोलीमा माननीय किशान श्रेष्ठ संग माननीय महेन्द्र वहादुर शाही, माननीय गणेश पराजुली, माननीय रमा कोइराला, माननीय राम शंकर यादव सहितको संसदीय टोली भोली विहान ८ वजे भरत चौकमा आउने भएका छन् ।
अनुगमन टोलीले अधुरो रहेको सडकको स्थलगत अनुगमन गर्ने र तोकिएको समयमा ठेकेदार संग काम सम्पन्न गराउने जनाईएको छ ।

