Tuesday, May 26, 2026

खटाइएको ठाउमा नगए कार्यवाही हुने :- मुख्यमंत्री यादव

ताजा / भरखरै प्राप्त

राकेश यादव, रौतहट ,फाल्गुन ३०|| मधेश प्रदेश सरकारका मुख्यमंत्री कृष्ण प्रसाद यादवले दरबन्दीमा खटाइएका कर्मचारी कार्यक्षेत्रमा नगए क़ानूनी कार्यवाही गरिने बताउनु भएको छ । मधेश प्रदेश सरकारले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने लक्ष्य लिएर अघि बढिरहेकोले स्वास्थ्य क्षेत्रमा कामगर्ने चिकित्सकहरुलाई सरुवा गरिएको ठाउमा समयमा हाजिर भएर चुस्तदुरुस्त सेवा प्रबाह गर्न आग्रह समेत गरेका छन ।
शनिवार रौतहट जिल्लाको सदरमुकाम गौर स्थित गौर प्रादेशिक अस्पतालको परिसर भित्र निर्माण हुने कर्मचारी आवास भवनको शिलान्यासको अवसरमा आयोजित कार्यक्रममा सम्वोधन गर्दै मानव सेवा सबै भन्दा महत्वपूर्ण सेवा भएकोले अस्पतालमा उपचार गराउन आउने सेवाग्राहीहरुलाई राम्रो संग कुनै कंजूसियाई नगरी सेवा दिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिए ।
१०० बेडको स्तरउन्नति भएको गौर प्रादेशिक अस्पतालमा आवश्यकता अनुसारको चिकित्सक , उपकरण र औषधि व्यवस्थापनमा प्रदेश सरकारले कुनै किसिमको कमी नगर्ने प्रतिबद्धता समेत व्यक्त गर्दै मुख्यमंत्री यादवले प्रादेशिक अस्पतालको सेवा सुबिधा दिने सवालमा लापरबाही गर्नेलाई हद सम्मको कार्यवाही गर्न स्वास्थ्य तथा जनसँख्या मन्त्रीलाई निर्देशन समेत दिसकिएको जानकारी गराए ।
कार्यक्रममा सहभागी भएका प्रदेश सरकारका स्वास्थ्य मंत्री जंगीलाल यादवले स्वास्थ्य र शिक्षा सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकार गंभीर भएर काम गरिरहेको उल्लेख गर्दै खटाइएको ठाउमा कर्मचारी गएन भने क़ानूनी कार्यवाही गरिने चेतावनी समेत दिएका छन । ४७ लाख ९८ हजार ५७३ रुपैयाको लागतमा निर्माण कार्य संपन्न हुने कर्मचारी आवास भवनको मुख्यमंत्री यादव र स्वास्थ्य मंत्री जंगीलाल यादवले संयुक्त रुपमा शिलान्यास गरेका प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष अवधेश कुमार यादवले जानकारी दिएका छन । २०८३/३/१० सम्म्मा निर्माण कार्य सकिने उक्त भवनको निर्माणको जिम्मा राष्ट्र निर्माण सेवा राजदेवी ८ ले ठेक्का लिएको छ ।
शिलान्याश पछि मुख्यमंत्री र स्वास्थ्य मन्त्रीले संयुक्त रुपमा प्रादेशिक अस्पतालको स्थलगत अनुगमन निरिक्षण समेत गरेको अध्यक्ष यादवले जनाए ।

spot_img

लोकप्रिय

Related Articles