Tuesday, May 26, 2026

रौतहटमा राष्ट्रिय आर्थिक गणना २०८२ का लागि कार्यालय स्थापना

ताजा / भरखरै प्राप्त

दिनेश संगम ।। रौतहट । चैत्र ०४ ।। रौतहट जिल्लाको सदमुकाम गौरमा आर्थिक गणना २०८२ का लागि जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।
सदरमुकाम गौर स्थित करदाता सेवा कार्यालय परिसरमा राष्ट्रिय आर्थिक गणना २०८२ का लागि जिल्ला स्तरको कार्यालय स्थापना गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालय अन्तर्गत सञ्चालन हुने कार्यक्रमको उद्देश्यले जिल्लाको आर्थिक गतिविधिको यथार्थ तथ्याङ्क संकलन गर्न कार्यालय स्थापनका गरिएको हो ।
आर्थिक गणनाले जिल्लाको वास्तविक आर्थिक अवस्था उजागर गर्ने रौतहट प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले विश्वास व्यक्त गरेका छन् । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको प्रमुख आतिथ्यमा स्थापना गरिएको कार्यालयले उद्योग, व्यापार, सेवा क्षेत्र तथा रोजगारीको अवस्थाबारे विस्तृत तथ्यांक संकलन गरिने प्रजिअ भुसालले बताए ।
त्यस्तै गणनाका लागि आवश्यक जनशक्ति व्यवस्थापन, तालिम तथा घरदैलोमार्फत तथ्यांक संकलन कार्य छिट्टै सुरु गरिने तथ्यांक अधिकृत सुमन्त यादवले जानकारी गराए ।
कार्यालय उद्घाटन कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दास, जिल्ला प्रशासन कार्यालय रौतहट प्रशासन शाखा प्रमुख रामनरेश साह, लेखापाल ब्रजकिशोर साह, उमेश यादव लगायतका सरोकारवालाहरूको सहभागीता रहेको थियो ।
आर्थिक गणनाले स्थानीय स्तरमा जिल्लाको समग्र आर्थिक अवस्था पहिचान गर्न मद्दत पुग्ने र दीर्घकालीन विकास योजनाका लागि उद्योग, व्यापार, सेवा क्षेत्र तथा रोजगारीको अवस्थाबारे स्पष्ट तथ्यांक उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ भन्ने गणनाबाट प्राप्त तथ्यांकले नीति निर्माण, विकास योजना तथा लगानी प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको हो ।

spot_img

लोकप्रिय

Related Articles