Tuesday, May 26, 2026

सुर्खेतबाट कर्णालीका तीन जिल्लामा तारा एयरको उडान सुरु

ताजा / भरखरै प्राप्त

सुर्खेत – विमानस्थलबाट कर्णालीका तीन जिल्लामा बुधबारबाट तारा एयरले उडान सुरु गरेको छ। हुम्ला, मुगु र जुम्लामा तारा एयरले उडान सुरु गरेको हो।

हप्ताको दुई दिन तारा एयरले ती जिल्लामा उडान भर्नेछ । बुधबार र शनिबार सिमीकोट, जुम्ला र रारा बिमानस्थलमा उडान गर्ने तारा एयरलाईन्स, नेपालगंजका स्टेसन इन्चार्ज सुर्यमणी सुबेदीले जानकारी गराए। उनका अनुसार सुर्खेत —सिमिकोट आठ हजार, सुर्खेत —रारा ६ हजार पाँच सय र सुर्खेत —जुम्ला ६ हजार पाँच सय भाडा निर्धारण गरिएको छ ।
सुर्खेतबाट कर्णालीका तीन हिमाली जिल्लामा हिमाली टुर्स एण्ड ट्राभल्सले उडानको जिम्मा दिइएको छ। हवाई सेवा सुरु भएसँगै स्थानीय लाभान्वित हुनुका साथै आन्तरिक पर्यटक प्रबद्र्धनमा पनि सहयोग पुग्ने हिमाली ट्रर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक मिनबहादुर रावलले बताए ।

spot_img

लोकप्रिय

Related Articles