नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।
पोखरा एजेभन्जर्सविरूद्ध टस जित्दै जनकपुरका कप्तान अनिल साहले बिहानको समयमा फिल्डिङ रोजेका हुन्। टस जित्ने कप्तानहरूले प्रायः फिल्डिङ रोज्ने क्रम जारी राख्दै साहले पनि बलिङ गर्ने निर्णय गरेका हुन्।
जनकपुरले यसअघिका दुई खेलमा शानदार प्रदर्शन गर्दै जित हात पारेको छ। पहिलो खेलमा विराटनगरलाई पराजित गरेको जनकपुरले दोस्रो खेलमा कर्णालीलाई पराजित गर्दै उत्कृष्ट लय कायम राखेको छ।
त्यसैगरी, पोखरा एजेभन्जर्सले यसअघि चितवन राइनोजविरूद्ध खराब ब्याटिङ गर्दै पहिलो खेलमा ८७ रनको ठूलो हार ब्यहोरेको थियो। पोखराले यो खेलबाट आफ्नो प्रदर्शन सुधार्ने प्रयास गर्ने अपेक्षा गरिएको छ।

