Tuesday, May 26, 2026

आयुषसिंह ठकुरी र एलिजे जमाली टिकटकबाट बेपत्ता, कारण रहस्यमय

ताजा / भरखरै प्राप्त

काठमाडौँ- चर्चित टिकटकर आयुषसिंह ठकुरी र एलिजे जमाली टिकटकबाट बेपत्ता भएका छन्। हालैसम्म टिकटकमा उनका आधिकारिक खाता देखिएका छैनन्। दुवैको लाखौं फलोअर भएका यी टिकटकरको खाता डिएक्टिभ गरिएको हो कि प्रतिबन्ध लागेको हो भन्ने कुरा अझै थाहा हुन सकेको छैन।

आयुषसिंह र एलिजे दुबै पछिल्लो समयका चर्चित नेपाली टिकटकर हुन् र दुबईमा बस्छन्। हालै, यस जोडीले आफूहरूले नयाँ घर किनेको घोषणा गरेका थिए।

आयुषले आमाको विवाहबारे दिएको प्रतिक्रियापछि टिकटकमा उनलाई व्यापक आलोचनाको सामना गर्नुपरेको थियो। धेरैले उनको रवैयाको चर्को आलोचना गरेका थिए। यसैबीच, दुवै जना टिकटकबाट अचानक बेपत्ता हुनु रहस्यमय बनेको छ।

spot_img

लोकप्रिय

Related Articles