Tuesday, May 26, 2026

रवि लामिछानेको बयान आज लिने तयारी, पर्सा प्रहरी कार्यालय अगाडि समर्थकहरूको नाराबाजी

ताजा / भरखरै प्राप्त

पर्सा- सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान आज लिने तयारी गरिएको छ। कास्की प्रहरीको हिरासतबाट रवि लामिछानेलाई काठमाडौँ विमानस्थलबाट ट्रान्जिट गर्दै सोमबार पर्सा लगिएको हो।

पर्सा प्रहरीले उनको लिखित र मौखिक बयान आज राति र भोलि बिहान लिने तयारी गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी तथा प्रवक्ता शिखर लम्सालका अनुसार, बयानपछि भोलि दिउँसो रवि लामिछानेलाई पोखरा पठाइने छ।

यस्तै, पर्सा प्रहरी कार्यालयको अगाडि रविका समर्थकहरूले नाराबाजी गरिरहेका छन्।

spot_img

लोकप्रिय

Related Articles