Tuesday, May 26, 2026

शिक्षक सेवा आयोगको निमावि लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, पास दर ९.१७%

ताजा / भरखरै प्राप्त

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि)को अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। मंसिर १५ गते भएको यो परीक्षामा सातै प्रदेशबाट १ लाख १९ हजार ६९९ जनाले सहभागिता जनाएका थिए। तीमध्ये १० हजार ९७४ जना मात्रै उत्तीर्ण भएका छन्, जसले गर्दा कुल पास दर ९.१७ प्रतिशत मात्र रहेको छ।

प्रदेशगत नतिजा:
कोशी प्रदेश: १८,६६२ परीक्षार्थीमध्ये २,०८२ जना पास (११.१६%)
मधेस प्रदेश: १९,०३० परीक्षार्थीमध्ये १,४२१ जना पास (७.४७%)
बागमती प्रदेश: १४,००३ परीक्षार्थीमध्ये १,६८३ जना पास (१२.०२%)
गण्डकी प्रदेश: ८,२२९ परीक्षार्थीमध्ये ९२७ जना पास (११.२७%)
लुम्बिनी प्रदेश: २२,७९२ परीक्षार्थीमध्ये २,३१३ जना पास (१०.१५%)
कर्णाली प्रदेश: २०,४९८ परीक्षार्थीमध्ये १,४४९ जना पास (७.०७%)
सुदूरपश्चिम प्रदेश: १६,४८५ परीक्षार्थीमध्ये १,०९९ जना पास (६.६७%)
यसपटकको नतिजाले उत्तीर्ण प्रतिशत निकै कम रहेको देखिएको छ, जसले शिक्षक सेवा आयोगको लाइसेन्स परीक्षाको कठिनाइ झल्काउँछ।

spot_img

लोकप्रिय

Related Articles