Tuesday, May 26, 2026

नेपालमा कुमोन शिक्षा कार्यक्रमको औपचारिक कार्यान्वयन सुरु

ताजा / भरखरै प्राप्त

काठमाडौँ – विश्वव्यापी रूपमा प्रभावकारी मानिएको कुमोन शिक्षा कार्यक्रम नेपालमा आधिकारिक रूपमा कार्यान्वयनमा आएको छ। आज सम्पन्न सम्मेलनमा शिक्षाविद्, विद्यालयका शिक्षक, र सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रमको घोषणा गरिएको हो।

कुमोन कार्यक्रमको पृष्ठभूमि
सन् १९५८ मा जापानको ओसाकाबाट सुरु भएको कुमोन कार्यक्रमले विद्यार्थीको मानसिक विकास, आईक्यु वृद्धिसँगै आलोचनात्मक सोच र समस्या समाधान क्षमताको विकास गर्ने उद्देश्य लिएको छ। यो कार्यक्रम हाल विश्वका ६५ देशका २३,७०० केन्द्रहरूमा सञ्चालनमा छ र ४० लाखभन्दा बढी विद्यार्थीहरूले यसको लाभ लिइरहेका छन्।

कार्यक्रममा व्यक्त विचारहरू
जापानस्थित एनपीओ कलरबाथका अध्यक्ष योशिकावा युसुकेले शिक्षामा नवप्रवर्तनशील विधिहरूको आवश्यकता र महत्वमा जोड दिए।
कुमोन मुख्यालयकी प्रतिनिधि मित्सुको शिमाजोइले यस विधिको विश्वव्यापी प्रभाव उल्लेख गर्दै यो विधिले विद्यार्थीलाई स्वतन्त्र रूपमा सिक्न प्रेरित गर्ने र आलोचनात्मक सोच विकास गर्ने बताइन्।
कुमोन आईजिसी नेपालका अध्यक्ष गणेशमान लामाले कुमोन विधिलाई नेपाली विद्यार्थीहरूको आईक्युस्तर र सृजनात्मकता विकास गर्न उपयुक्त कार्यक्रमका रूपमा चित्रण गरे।
नेपाली विद्यालयहरूमा कुमोनको प्रभाव
एलआरआई स्कुलकी संस्थापक ट्रस्टी डा. यशोधरा पन्त र युनाइटेड एकेडेमीका प्रिन्सिपल मनोज विश्वकर्माले कुमोन अपनाएपछि विद्यार्थीहरूको व्यवहार र शैक्षिक क्षमतामा सकारात्मक सुधार देखिएको उल्लेख गरे।

शिक्षा क्षेत्रमा चुनौतीको समाधान
नेशनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले शिक्षामा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न कुमोनजस्ता कार्यक्रमहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए।

कुमोन कार्यक्रमले नेपाली शिक्षा क्षेत्रमा नवीनतम अभ्यासको सुरुवात गर्दै विद्यार्थीहरूको सोच, सृजनशीलता, र आत्मविश्वासमा अभूतपूर्व योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

spot_img

लोकप्रिय

Related Articles