Tuesday, May 26, 2026

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा वार्षिक कार्ययोजनामाथि छलफल

ताजा / भरखरै प्राप्त

काठमाडौँ – नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल भए पनि कुनै ठोस निर्णय हुन सकेको छैन।

शुक्रबार बसेको बैठकमा महासचिव घनश्याम भुसालद्वारा पेस गरिएको वार्षिक कार्ययोजनालाई आधार मानेर नेताहरूले आफ्ना धारणा प्रस्तुत गरेका थिए। बैठकमा उपमहासचिव रामकुमार भट्टराई, भानुभक्त जोशी, राजेन्द्र राई, श्रीनाथ बराल, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, र शेरबहादुर कुँवरले आफ्नो विचार राखेका थिए।

उपमहासचिव रामकुमार भट्टराईका अनुसार शनिबार बिहान ११ बजे बस्ने बैठकमा पुनः वार्षिक कार्ययोजनामाथि छलफल हुनेछ। उपाध्यक्ष जगन्नाथ खतिवडाले शनिबार कार्ययोजनाबारे छलफल सकिएपछि मात्र आइतबार नेताहरूको कार्य विभाजनको एजेन्डामा प्रवेश हुने बताएका छन्।

सो पार्टीले गत असारमा दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरे पनि नेताहरूको कार्य विभाजन अझै टुंगोमा पुग्न सकेको छैन। कार्य विभाजनका लागि अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदलको सिफारिसका आधारमा जिल्ला, प्रदेश इन्चार्ज र विभाग प्रमुखहरूको जिम्मेवारी बाँडफाँड गरिने छ।

संगठन विभागको प्रमुख बन्नका लागि नेताहरू राजेन्द्र पाण्डे, बेदुराम भुसाल, र घनश्याम भुसालबीच आकांक्षा रहेको चर्चा चलेको छ।

spot_img

लोकप्रिय

Related Articles